back

रसुवा भन्सारमा पहिलोपटक एजेन्टको नियुक्ति

वि.सं.२०७४ असार १० शनिवार

276 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

१० असार, रसुवा  । व्यापारिक कारोबार सञ्चालन भएको लामो समयपछि रसुवागढी नाकामा पहिलोपटक भन्सार प्रतिनिधिको व्यवस्था भएको छ ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदारप्रसाद पनेरुका अनुसार भन्सार विभागले धनगढीका नरेन्द्रप्रसाद जोशीलाई नियुक्ति गरी पठाएको र जोशीले आफ्नो जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

अब व्यापारी व्यवसायीले चीनबाट मगाएका मालवस्तुको परिमाण भन्सार प्रतिनिधिले घोषणा गर्ने र भन्सार हातामा सामान जाँच गरी छिटोछरितो आफ्नो गन्तव्यतर्फ पठाउन सहज हुने बताइएको छ ।

भन्सार प्रतिनिधिले व्यापारीको सामग्री सुरक्षा र जाँच परीक्षणमा सहजीकरण गरी पुलको काम गर्ने, आयात गरिएका मालवस्तु तलमाथि भएमा प्रतिनिधि जवाफदेही हुने भन्सारका कर्मचारीको भनाइ रहेको छ ।

चीनको केरुङबाट जुत्ता चप्पल, थर्मस, विद्युतीय उपकरण, तयारी कपडा, रोल कपडा, स्याउ, बच्चाका खेलौनालगायत विविध सामग्री आउने गरेको र सामान आउनासाथ सबै चिजको परीक्षण एवम् राजस्व असुल गरी राजधानी पठाउने गरेको प्रमुख भन्सार अधिकृत पनेरुले जानकारी दिनुभयो ।

वि.सं.२०७४ असार १० शनिवार १५:२८ मा प्रकाशित

NABIL bank AD
कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

ढोरपाटन (बागलुङ) । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ...

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई नगरपालिकाले रु ५० हजार दिने

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई नगरपालिकाले रु ५० हजार दिने

महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर...

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा पहिलो पटक...

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता लेखनाथ...

कनकाईका किसानद्वारा डेढ करोडको विषादीरहित तरकारी उत्पादन

कनकाईका किसानद्वारा डेढ करोडको विषादीरहित तरकारी उत्पादन

बनियानी (झाप) । कनकाई नगरपालिकाका किसानले करिब रु एक करोड...