back

एनआरएनए केन्याको अध्यक्षमा कृष्ण दत्त

वि.सं.२०७४ असार १२ सोमवार

381 

shares
NTC AD
Global IME AD

nrna-kenyaगैरआवासीय नेपाली संघ (एनआरएनए) केन्याले कृष्णदत्त भट्टको अध्यक्षतामा १५ सदस्यीय नयाँकार्यसमितिको चयन गरेको छ ।
जुन २५ का दिन केन्याको नैरोविमा सम्पन्न अधिबेशनले उपाध्यक्षमा कृष्ण प्रसाद गैरैं, महासचिवमा विष्णु कार्की, सचिवमा श्रीमती लक्ष्मी बुलुन, कोषाध्यक्षमा दिपक अधिकारी, महिला संयोजकमा श्रीमती तारा ढकाल, युबा संयोजकमा सुरज डुम्रे लाई चयनगरेको छ भने सदस्यहरुमा गोविन्द भुसाल क्षेत्री, गोपाल कामी, श्रीमती निशा कुँवर, शिव अधिकारी, आनन्द आलोक, पिताम्बर पाण्डे, शुरज विसी र कुमारी जिसी चयन भएका छन् ।
अध्यक्ष रामचन्द्र बस्यालको अध्यक्षता, नेपाली अवैतानिक वाणिज्यदूत जिम्मी ओस्करको प्रमुख आतिथ्यता, पर्यवेक्षक तथा एनआरएनए अफ्रिका संयोजक सुनिल कार्कीको विशेष आतिथ्यता रहेको उक्त महाधिबेशनमा एनआरएनए युगाण्डाका सचिव राजमणि भण्डारी तथा केन्याका विभिन्न सहरमा रहेर राष्ट्रिय अन्तराष्ट्रिय संघसंस्थामा कार्यरत विशिष्ठ नेपाली व्यक्तित्वहरुको पनि आतिथ्यता रहेको थियो ।

यसै गरी  एनआरएनएको आइसीसी सदस्यमा  यादव काफ्लेलाई मनोनित गरिएको छ ।

डा. भुवन प्रसाद ढकालद्धारा उत्साहजनकरुपमा संचालन गरिएको उक्त कार्यक्रममा केन्यामा नै पहिलोपटक नेपाली सांस्कृतिक झलकका साथ ‘ पूर्वको मेची नै हाम्रै हो, पश्चिम महाकाली नी हाम्रै हो’ भन्ने राष्ट्रप्रेमले भरिपूर्ण गीतको बोलमा श्रीमती लक्ष्मी बुलुन, ममता बस्नेत कुँवर, श्रीमती तारा ढकाल, श्रीमती लक्ष्मी बस्याल र लास्ता धितालको नृत्य प्रस्तुति रहेको थियो । साथै युवाको समुह र बाल कलाकारबाट प्रस्तुत गरिएको नृत्य पनि रोचक रहेको थियो ।

त्यसैगरी मुख्य निर्वाचन अधिकृतको रुपमा डा.भुवन प्रसादको नेतृत्वमा ई. कुल बहादुर कार्की र ई. नारायण भट्टराईको विशेष भूमिका रहेको थियो भने महाधिबेशन सफल बनाउनका लागि पनि डा. ढकाल र ई. कार्की तथा भट्टराईको विशेष सहयोग रहेको बताइएको छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृतबाट पद तथा गोपनियताको सपथ खुवाइएको र प्रमुख अतिथीबाट प्रमाणपत्र बितरण गरिएको थियो भने विशेष अतिथि बधाई ज्ञापन गर्दै समितिको निर्वाचन सम्पन्न भएको औपचारिक रुपमा जानकारी गराइएको थियो ।

त्यस्तै कार्यक्रमको समापन गर्दै निर्वतमान अध्यक्ष बस्यालले संस्थाका गतिबिधी र नयाँकार्यसमितिका पदाधिकारीहरुका आगामीे कार्यकालको सफलताको कामना गरेका थिए ।
यसैगरी प्रमुख अतिथि ओस्करबाट नेपाल र नेपालीका लागि सधैं एनआरएनए संग हातमा हात मिलाएर अघि बढ्ने बताउँदै शुभकामना मन्तव्य राखेका थिए । साथै नवनिर्वाचित अध्यक्ष भट्ट र अन्य पदाधिकारीहरुले संघको भाबी योजना प्रस्तुत गर्दै आगामी दिनमा नेपाल र नेपालीको हकहितमा संघले सबै सँग मिलेर सामाजिक काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पूर्बी अफ्रिकी क्षेत्रका देशहरु आर्थिक र भू–बनोटको हिसाबले हेर्ने हो भने केन्याको नैरोबी केन्द्र बिन्दुमा रहेका कारणले पनि अन्य देशमा भन्दा केन्यामा नेपालीहरुको बाक्लो उपस्थिति रहेको छ । हाल केन्यामा ५ सय नेपाली कार्यरत रहेको पनि एनआरएनए केन्याले जनाएको छ ।

वि.सं.२०७४ असार १२ सोमवार १०:१७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...