back

बीएन्डसी अस्पतालमा घुँडाको सफल प्रत्यारोपण

वि.सं.२०७४ असार २२ बिहीवार

258 

shares
NTC AD
Global IME AD

 operation-of-knee

२२ असार,सुरुङ्गा(झापा)  । अर्जुनधारा नगरपालिका–६ पुल्चोक निवासी ६३ वर्षीया मीरादेवी बुढाथोकीको दुई वटै घुँडाको सफल प्रत्यारोपण गरिएको छ ।

वुढाथोकीको घुँडा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा प्रत्यारोपण गरिएको हो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बुढाथोकीको घुँडा डा निराजन पराजुलीले प्रत्यारोपण गरेको जानकारी दिनुभयो ।

बुढाथोकीले अस्पतालको उपचारप्रति आफू पूर्ण सन्तुष्ट रहेको बताउँदै भन्नुभयो, “भारतको सिलगढी, पञ्जाब, काठमाडौँको ग्राण्डी अस्पताल र अस्ट्रेलियामा पनि देखाएँ, मलाई घुँडा फेर्न आँट आएको थिएँ तर बी एण्ड सीमा घरकै खाना खाएर उपचार हुने भएपछि डाक्टरको सल्लाहबमोजिम घुँडा फेरे घाउ पनि निको भइसक्यो, म अहिले अत्यन्तै खुशी छु ।”

“अष्ट्रेलियामा बसेकी छोरीकामा जाँदा त्यहाँस्थित अस्पतालमा देखाएकी थिएँ” उहाँले भन्नुभयो, एउटा घुँडा फेरेको नेपाली रुपैयाँ १० लाख लाग्ने रहेछ, यहाँ त चानचुन सात लाखमा नै उपचार भयो । उपचारमा संलग्न डा पराजुलीले प्रत्यारोपण गरिने पाङ्ग्राको गुणस्तर हेरेर मूल्य फरक पर्ने बताउनुभयो । फेरिएको घुँडाले २० वर्षसम्म काम गर्ने डा पराजुलीले जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ असार २२ बिहीवार १४:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...