BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ३ गते
    Headlines :
    Ad
    Ad

    यस्तो छ लेवनानमा फसाइएका दुई नेपाली चेलीको कथा

    संसार न्यूज संवाददाताआषाढ ३१, २०७४

    sujana&-annaझापाकी रोजीमाया लिम्बू (अन्ना) ले १३ वर्ष र म्याग्दीकी सुशीला राना (सुजना) ले ९ वर्षको लेवनानको रोजगारी छोडेर नेपाल फर्कीएका छन् । लेवनानमा रहँदा सुशीला बैदेशिक रोजगार आप्रवासी कल्याण समितिको लेवनान प्रतिनिधि र मानव अधिकार रक्षकको रुपमा काम गर्थिन् भने रोजी ट्रेड युनियनको प्रतिनिधि थिइन् । लेवनान सरकारले रोजी र सुजनालाई नेपालीहरूलाई सहयोग गरेको, मालिकको घरबाट भगाएर आश्रय दिएको तथा कामदार भड्काएको भन्ने आरोपमा १० दिन जेलमा राखेर डिपोर्ट गरेको हो ।

    लेवनानमा सन् २०१२ मा नारी गु्रुप खोलेर नेपाली महिला कामदारको हितमा सक्रिय भूमिका खेलेकी सुजना विगत ९ वर्षदेखि लेवनानमा कार्यरत थिइ्न । राना र लिम्बू दुवैजना मंसिरको दोश्रो हप्ता नेपाल फर्केका हुन् । उनीहरू दुवैजना एउटै मुद्दामा पाँचदिन अघिपछि पक्राउ परेका थिए ।
    नेपाल सरकार, मेडिया, अधिकारकर्मीहरूको सहयोगमा जेलबाट निस्कन सफल भएका रोजा र सुजनाले नेपालीहरूको साझा संस्था मानिने एनआरएनएको असहयोगकै कारण आफूहरू पीडामा परेको बताएका छन् । नेपाली हावापानी पिएर जनजाति परिवारमा जन्मेर स्वतन्त्र हुर्केका यी दुवै चेलीहरूले आफ्नो देशमा जस्तै स्वतन्त्र भएर अन्यायमा डटेर लड्ने प्रतिबद्धता गरेका थिए लेवनानमा । त्यसो त लेवनानमा नेपाल सरकारको उपस्थित भइदिएको भए यी दुई चेलीले समस्यामा परेका घरेलु कामदारलाई सहयोग गरेको कारण रोजगारी गुमाउनु पर्ने र जेल नै जानु पर्थेन । जेलभित्र एउटै प्रश्न ५० पटक दोहो¥याएर मानसिक यातना दिइयो । अरु भन्दा पनि गर्दै नगरेको काममा अपराधि बनेर जेल जानु र डिपोर्ट गरिनु उनीहरूका लागि कदापि मान्य थिएन । उनीहरू भन्छन, ‘हाम्रो मानव अधिकारको नै हनन भएको छ ।’
    रोजी र सुजना भन्छन् “अहिले लेवनानमा धेरै नेपाली महिलाहरू समस्यामा परेका छन् । उनीहरूले पीडा खेपेर, अन्याय सहेर,आफ्नो रोजगारी र पारिश्रमिक गुमाएर अभिभावकविहिन भएर देश फर्कन नपरोस् ।” नेपाल सरकार र संसारभरीका नेपालीहरूको साझा सञ्जाल मानिएको एनआरएनएले सबैको समस्यालाई आफ्नो साझा मुद्दा बनाएर सहयोग गरोस् भन्ने चाहान्छौ’ ऐक्यबद्धताको कार्यालयमा आएका सुजना र रोजीले एकसाथ भने ।
    यस्तो थियो विवाद
    लेवनानमा अन्जु दर्जीको मृत्यु भयो । त्यसको समाचार डिसी नेपालमा आयो । उनको मृत्यु रहस्यमयी भनेर अन्जुको आफन्त सुस्मिता दासले भनिन् । रोजी र सुजनाले नेपाली महिलाहरूको हकहितको लागि आवाज उठाउँदै आएको हुनाले ‘अन्जुको मृत्यु कसरी भयो छानबिन हुनुपर्छ’ भनेर भने । आफ्नो कामदार मर्दाखेरी मालिकले नेपालमा तत्काल खबर गर्नुपर्ने हुन्छ । त्यो नगरेको पाइयो । दर्जीलाई दागबत्ति दिएको फोटो एक्कासी राखियो । उनको बहिनीलाई दागबत्ति दिन र शोक मनाउने आउनुप¥यो भनेर एनआरएनएबाट बोलावट भयो । सुजनाले ‘शब नेपाल पुगेको छैन दागवत्ति कसरी दिने ?’ भनेर फेसबुकमा लेखिन् । त्यसपछि एनआरएनएले ‘सुजनाले फेसबुकमा एनआरएनएको बेइज्जत गरिन्’ भनेर लेखियो ।
    सुजनाले एनआरएनए महिला संयोजक दिपीका पौडेललाई पनि फोन गरेर भनेकी थिइन्, नारी ग्रुपको अध्यक्ष भएको नाताले मेरो कर्तव्य निभाएँ । अर्को कुरा ‘रोजी र मेरो फोटो जोडेर केटीहरूलाई डर देखाएर धम्क्याउने भनेर किन लेखियो ?’ भनेर सोधीन् सुजनाले । त्यसको अर्कोदिन उनीहरूलाई ‘क्यारेक्टर लेस’ भनेर एनआरएनए लेवनानको बैधानिक पेजमा राखियो । रोजी र सुजानाले यो स्टाटस र फोटो हटाएर ‘सरी’ भनोस् एनआरएनए लेवनानले भनेर म्यासेज लेखे । त्यहि विषयलाई लिएर एनआरएनएको बैठक पनि भयो । पछि एनआरएनए लेवनानकी पूर्वअध्यक्ष तथा हालकी आइसीसी सदस्य देवि पान्थक लिम्बूलाई पदबाट हटाउने भनेर निर्णय भएको भन्दै एनआरएनए गल्फ संयोजक डिबी क्षेत्री र धरम केसीबाट २९ नोभेम्बरमा म्यासेज आयो उनीहरूलाई ।
    यसरी जेल प¥र्यौ
    ३० नोभेम्बरका दिन सुजना घरमा एक्लै थिइन् । उनले कामगर्ने घर आस्राफिमा थियो । बिहानको १० बजेको थियो । घरमा सिभिल ड्रेसमा आएका मान्छेले उनको पेपर खोजे । ‘मेडमसँग छ’ भनिन् उनले । ‘हामी प्रहरीबाट’ भनेर एक्कासी त्यहि हत्कडी लगाएर लग्यो उनलाई । ‘मलाई टेरोरिष्ट जस्तै गरायो । मुखमा माक्स लगाइदियो । अनि प्रहरी कार्यालयमा लिएर गयो ।’ सुजनाले भनिन् ।

    “मलाई एक्कासी यसरी ल्याउनुका कारण र कसुर के छ ?” भनेर साधिन् उनले । उनीहरूले ‘तैले केटीहरूलाई भगाउने र उनीहरूबाट १ जनाको ३ हजार डलर लिएको कारण । जर्ज अवुजैयद लेवनानी नागरिक (लेवनानका लागि नेपाली कन्सुलर) ले मुद्दा हालेको रहेछ उनले भनिन् । ‘हामीले यस्तो काम गरेका थिएनौं हामीलाई गलत आरोप लगाइएको थियो, बरु एनआरएनएको खोल ओढेर मान्छे लैजाने धेरै छन् । हामीलाई सबैको नाम थाहा छ ।’ सुजना र रोजीले एकसाथ भने ।

    प्रहरीले उनीहरूलाई तेरा अरु साथीहरू कहाँ छन् ? भनेर सोध्योे । बाहिर काम गर्छेस् ? भन्यो सुजनाले ‘होइन’ भनिन्, प्रहरीको जनरल सेक्रेटरीसँग सुजनालगायत तीनजना (सुजना, दिपेन्द्र उप्रेती र रोजा) को पासपोर्टको कपि रहेछ ।
    उनीहरूलाई नुना थापा, गिता माझी, छिरिङ डोल्मा शेर्पालाई भगाएर पैसा लिएर सहयोग गरेको आरोप लगाएको रहेछ । ‘तैले सहयोग गरेर अपराध गरेकाले जेल ल्याएका हौं’ पुलिस अफिसरले भन्यो । ‘कसैलाई सहयोग गर्नु अपराध हो र ?, यदि यसलाई अपराध मानिन्छ भने हो मैले अपराध गरे ।’ सुजनाले त्यसो भनेपछि उनलाई जेलमा लगियो ।
    जेलको बसाइ
    कतार, दुवइमा कामदारलाई एकै ठाउँमा राखिने होस्टल जस्तै थियो त्यहाँको जेल सुजनाले भनिन् । ५ दिन इन्टरभेन्सन गर्यो । २–२ घण्टामा स्पष्टीकरण लिन्थ्यो । त्यतिबला हत्कडी लगाउथ्यो । ‘जर्जपनि आएको थियो । उसले म कन्सुलेट हो भन्यो । उसले पनि त्यहि एनजीओ आइएनजीओबाट पैसा खान्छस् भन्यो ।’ ३ जना केटीबाट ३ हजार डलर लिइस भन्यो । सुजना भन्छिन् ‘ल भन्नुस् त अप्ठ्यारोमा परेको बहिनीहरूसँग कसरी हुन्छ ३ हजार डलर कसरी मैले पैसा लिन्छु ?’ सुजनाका अनुसार नारी ग्रुपलाई काफाले सहयोग गरेको थियो । उनी काफाका लागि पनि काम गर्थिन् ।
    त्यहाँ विहान ७ बजेदेखि ११ बजेसम्म उभिइरहनु पर्ने । बस्न नपाइने । उनीसँगै सिरियन कैदीहरू र फिलिपिन्सका महिला कामदार पनि थिए । ‘जम्माजम्मी २६ जना थियौं एकै ठाउँमा’ सुजनाले भनिन् ।
    खानाका रुपमा बिहान स्यान्डविच र कालो चिया दिन्थ्यो । एउटा कोठालाई १ कप जैतुन दिन्थ्यो । एकजनाको भागमा ३–४ वटा दाना मात्र पथ्र्यो । दिउँसो गहुँमा प्याज र टमाटर मिसाएर बनाइएको (बरगोल बन्डोरा) दिन्थ्यो । ७ दिनमा ७ थरी खाना दिन्थ्यो । भात र दाल एकैठाउँमा पकाएको, नुडल्स भात र मासु पनि थियो । तर, कतिपयले त खानै पाउँदैनथे ।

    अन्तिममा डिपोर्ट गर्ने दिनमा अनुसन्धानका लागि भनेर रोजी र सुजनालाई सँगै लग्यो । अनि सुजनााई मात्र अँध्यारो कोठामा लगियो । हातमा बन्दुक बोकेका तीनजना प्रहरी थिए । उनीहरूमा २ जना सुजनाको दायाँ र बायाँ बन्दुक बोकेर उभिए । अनि जबरजस्ती उनीहरूका अनुसार बोल्न लगाएर मोबाइलमा भिडियो पनि बनाए । जेलको पीडा सुनाइन् सुजनाले ।

    सुजनापछि पक्राउ परेकी थिइन् रोजा
    रोजाले बाहिरी भिषामा काम गर्थिन् । उनी लेवनानको ट्रेड युनियनमा कार्यरत रहेकोले पनि फ्रि भिषा लिएर काम गर्थिन् । उनको भिषाको म्याद सकिएको थियो । भिषा नविकरण भएपनि कारणवस लिन जान पाएकी थिइनन् । रोजा आफूले सुरुमा काम गरेको घरकी मेडमलाई भेट्न गएकी थिइन् । उनलाई एक्कासी ‘कार्ड बनेको छ’ भनेर पोस्ट अफिसको नम्बरबाट फोन गर्यो । उनले पछि आउने र आफू अहिले भेटघाटका लागि आएको भनेर आफू गएको ठाउँको लोकेसन दिइन् । पछि प्रहरी त्यहि पुग्यो । उनलाई पनि त्यसरी नै लिएर गयो जसरी सुजनालाई लगेको थियो ।
    पाँचदिनसम्म सुजनालाई जस्तै प्रश्न सोध्यो । रोजी रुन्थीन् सधै एउटै प्रश्न सोध्ने र सताउने भनेर । मोबाइल पनि खोसिदियो । रोजीले उनीहरूलाई ‘कि देश पठाइदेउ कि यहि मार्दे’ भनेर रोइन् । ५० पटक त्यहि प्रश्न ‘तैले केटी भगाइस्’ भनेर सोध्ने र मानसिक यातना दियो रोजीलाई । रोजीले ‘त्यो केटी ल्याइदे म सोध्छु भगाएको हो की होइन’, भनेर रुन्थीन् ।
    ‘खासमा जर्जले नै समस्यामा परेकी दिदीबहिनीलाई कारितासमा लैजा भनेर रोजाले लगेकी थिइन् । पछि उसैले भगाएको र पैसा लिएको भनेर मुद्दा लगाइदियो । उनले जर्जलाई जेलमा बोलाउनु भनेर पनि भनिन्, तर जर्ज आएनन् । अहिले नुना र गीता नेपाल फर्किसकेका छन् । छिरीङ डोल्मा शेर्पा कहाँ छन् भन्ने थाहा नभएको रोजीले बताइन् ।
    १० दिनसम्म जेलमा राख्यो । २५० डलर तलब खाएर कसरी सामाजिक काम गर्छेस् ? भनेर सोधियोे । नारी ग्रुप कसरी खोलिस् ? भनेर सोधियो । मैले नेपाली दिदीबहिनीहरूकै लागि सामाजिक काममा लागे । जहिले पनि उनीहरूको हित सोचे । देशको हित सोचे । तर, म आफैले पक्राउ खानुप¥यो । १४ वर्षको लेवनानको रोजगारी गुमाउनु प¥यो । वास्तवमै नेपाली दिदीबहिनीहरूको सेवाको लागि मैले फ्रि भिषा लिएर सक्रिय भएर काम गरेको थिएँ । तर, मै माथि यस्तो भयो । नेपालीलाई पर्दा मैले आवाज उठाएकी थिएँ । तर, मलाई पर्दा बोल्ने कोही भएनन् । जेहोस् नेपाल सरकार, मेडिया अनि लेवनानमा रहेका अधिकारकर्मीहरूको संस्थाले सहयोग नगरेको भए हामी नेपाल फर्कन सक्ने थिएनौ । धन्यवाद सबैलाई । रोजीले यसरी सुनाइन् लेवनानको कथा ।
    प्रस्तुति : सस्मीता थापा

    १२११ पटक
    प्रतिकृया दिनुहोस्