युएइमा कार्यरत पाल्पाली युवाको मृत्यु भएको छ । युएइको आबुधाविस्थित एक होटलमा कामगर्दै आएका माथागढी गाउँपालिका ५ साबिक झडेवा ८ केरौलीका २० वर्षे गंगा सारु मगरको हृदयघातका कारण १३ जुलाइका दिन मृत्यु भएको छ ।
मगर तीन महिना अघिमात्र युएई पुगेको पनि नेपाल मगर संघ युएइका अध्यक्ष राजु सिंजाली मगरले जनाएका छन् ।
अध्यक्ष सिंजालीले सारु मगरको आत्माको चिरशान्तिको कामना गर्दै उनको शबलाई नेपाल पु¥याउनका लागि पहल भइरहेको पनि जनाएका छन् ।
वि.सं.२०७४ साउन ४ बुधवार ०९:५५ मा प्रकाशित