१० साउन, एजेन्सी । इङलिश क्लब म्यानचेष्टर सिटीले फ्रेन्च क्लब मोनाकोका डिफेन्डर बेन्जामिन मेन्डीलाई पाँच वर्षे सम्झौतामा अनुबन्धन गरेको छ । यो सिजन खेलाडी किन्न निकै रकम खर्च गरेको सिटीले मेन्डीलाई किन्न ५२ मिलियन पाउन्ड खर्च गरेको हो । गत सिजन एएस मोनाकोलाइ लिग वानको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका मेन्डीलाई सिटीले मेन्डीलाई किन्न निकै धेरै रकम खर्चेको हो । सिटीले डिफेन्डरलाई तिरेको यो रकम अहिलेसम्मकै उच्च हो । यस अघि सिटीले नै टोटेन्हामबाट वाल्कर तथा एर्भटनबाट जोन स्टोनलाई किन्न ५० मियलियन पाउन्ड खर्चेको थियो । यो सिजन सिटीले खेलाडी किन्दा मात्रै करिब २२० मिलियन खर्च गरिसकेको छ ।
गत सिजन मात्रै फ्रेन्च क्लब मार्सेलीबाट मोनाको गएका मेन्डीले निकै राम्रो प्रर्दशन गरेका थिए । मेन्डी अमेरिका भ्रमणमा रहेको म्यान्चेष्टर सिटीमा समावेश भएका छन् ।
वि.सं.२०७४ साउन १० मंगलवार ०५:५९ मा प्रकाशित