back

एकसय ५० वर्षपछि भद्रकाली मन्दिर पुनःनिर्माण गरिँदै

वि.सं.२०७४ साउन १२ बिहीवार

189 

shares
NTC AD
Global IME AD

bhadrakali

१२ साउन, पोखरा । पोखराको प्रसिद्ध भद्रकाली मन्दिर १५० वर्षपछि पुनःनिर्माण हुने भएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पका कारण क्षतिग्रस्त मन्दिर श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिको सक्रियतामा पुनःनिर्माण गर्न लागिएको हो ।
समितिका सचिव योगेन्द्रमान श्रेष्ठका अनुसार प्राविधिक जाँचका क्रममा भूकम्पले मन्दिरको जगैदेखि क्षति पु¥याएको पाइएको छ ।

“जगैदेखि भत्काएर पुनःनिर्माण गर्नुपर्ने भएकाले यसका लागि रु तीन करोड लाग्ने पूर्व अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो – “पूर्ववत् स्वरुपमा निर्माणका लागि पुरातत्व विभागबाट अनुमति प्राप्त भइसकेका कारण पुनःनिर्माणका लागि मन्दिरको नक्सा तयार गर्न लागेका छौँ ।”

आगामी दशैँअगावै मन्दिरको नक्सा तयार गरिने र त्यसपछि छ÷सात महिना अर्थव्यवस्थापन गरी निर्माण कार्यलाई अघि बढाइने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।

प्राचीन स्वरुप नबिग्रने किसिमले सिमेन्ट र छडको प्रयोगबिना बज्र प्रयोग गरी मन्दिरको निर्माण गरिने उहाँको भनाइ छ ।

भद्रकाली मन्दिरलाई प्राचीनकालदेखि पोखरा र यस आसपासका क्षेत्रमा मनोकांक्षा पूरा हने तीर्थस्थलका रुपमा लिइन्छ ।

रमणीय जंगलको बीचमा उच्च स्थानमा अवस्थित यो मन्दिरमा पुग्न फेदीबाट दुईवटा बाटो रहेकामा पूर्वी भागबाट २९२ वटा सिँढी उक्लनुपर्छ भने दक्षिण भागबाट २६५ सिँढी उक्लनुपर्छ ।

दैनिक भक्तजन आइरहने यो मन्दिरमा प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष र चैत शुक्ल पक्षका साथै बालाचतुर्दशीमा विशेष मेला लाग्छ । रासस

वि.सं.२०७४ साउन १२ बिहीवार ०७:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...