BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ३१ गते
    Headlines :
    Ad
    Ad

    मैले देखेको पछिल्लो सिक्किम

    बिमला न्यौपाने,काठमाडौं साउन १४, २०७४

    bimala

    नेपाली संस्कृति तथा प्राचिन परम्परासँग धेरै हदसम्म सरोकार राख्ने सिक्किमी शैली आजका दिनहरूमा पनि झल्किरहेको भेटिन्छ । नेपाली पर्यटकले कुनै नौलो ठाउँमा गएको अनुभूति गर्नु, त्यहाँ बोलिने नेपाली भाषा, नेपाली प्राकृतिक स्रोत जस्तै स्रोत साधन तथा व्यवस्थित गरिएका मनोरम दृष्यहरू स्पष्ट कार्यप्रणाली तथा व्यवहार, व्यवस्थित बजार व्यवस्थापन, नागरिक सचेतना तथा नागरीक जिम्मेवारीबोध जस्ता कुराहरूले सिक्किमको मुहार उज्वल रहेको झल्किन्छ ।
    सभ्यता र संस्कार यसको आवरणमा देखिइरहँदा यसको अन्तस्करणमा रहेको निश्च्छलता तथा सुन्दरतालाई विविधकरणबाट आत्मसाथ गर्न सकिन्छ । यसमा राज्यतर्फका प्रभावकारी कार्यशैली, जनताका तर्फबाट पूरा गरिएको इमान्दारीता, आकर्षक दृष्यहरू तथा प्राकृतिक सुन्दरता, विविध एतिहासिक महत्वका स्थलहरू लगायतले गर्दा यहाँको आकर्षण बढ्दो पाइन्छ ।

    pimala2

    सरकार तथा राज्यः
    नगरको मुहारमा हाँसो छर्नका लागि तथा राज्यको रुप तथा स्वरुपलाई बिग्रिन नदिई सम्भाव्य र सहज अवस्थामा जस्तै पहाडै पहाडले घेरिएको भीर जस्तो देखिने स्थानमा पनि सडकको सुविधा, बिना झन्भट सवारीसाधन तथा यात्रुहरूको प्रवेश, कार्यशैलीमा रहेको सहजताले पनि सरकारी तबरबाट प्रभावकारी भुमिका रहेको देखिन्छ । त्यहाँको सरसफाई र केही गर्छु भन्ने इच्छुक नागरिकलाई उनीहरूको जाँगर बचाइराख्न दिने विभिन्न सेवा सुबिधाका साथै राज्यको लगानीमा गुणात्मक बृद्धि ल्याउन गरिएका निगरानी झन् फलदायी देखिन्छ ।

     

    नागरीक जिम्मेवारी र राज्यप्रतिको वफादारिताः
    हरेक नागरिकहरूले राज्यद्वारा लागू गरेका नीति तथा निर्देशक सिद्धान्तहरूलाई आफ्नो कर्तव्य तथा जिम्मेवारीमा इमान्दारीताका साथ बहन गर्दै राज्यप्रति गरेको भरोषा र आस्थामा तालमेल देखिन आउँछ । यसले सिक्किमको राष्ट्रिय सभ्यता र संस्कति जोगाइ राख्न हरेकले राज्यद्वारा निर्देशित मापदण्डका आधारमा आफ्नो पारिवारिक, सामाजिक, राजनैतिक, आर्थिक लगायतका सम्पूर्ण विषयमा राज्यप्रति इमान्दार रहेको पाइन्छ ।

    नेपाल र नेपालीप्रतिको सद्भावः
    सिक्किमी नागरिकमा देखिएको नैतिक शिक्षामा त्यहाँ भएका नेपाली विद्यार्थीहरूको कौतुहलता र ज्ञानमा पनि कुनै कमी देखिँदैनथ्यो । यसका प्रतिनिधि पात्र थिए मिङ्मा भुटिया, जसले करिब ८÷९ घण्टा लामो यात्रामा व्यक्तिले आफ्नो बफादारिता, आत्मसम्मानपूर्ण कार्य, श्रद्धाभाव, सामाजिक रीतिथितिमा चलन भन्दा पनि स्वयम् व्यक्तिबाट नै सुदृढता साथै नेपालका हरेक घटनाक्रम प्रतिका सरोकारसँगै निकासका सम्भावित दृष्यहरूसमेत औल्याइदिएका थिए । यसपूर्व आर्मीमा जागिरे उनी विशेष कारणवश जागिर गुमाउन पुगेता पनि बौद्धदर्शनमा आचार्य हाल ड्राइभि«ङ पेशामा लागेका उनी विभिन्न प्रकृतिका कौतुहलतामा परिणामतः सम्पूर्ण मानवजाति प्रति राख्नुपर्ने श्रद्धा, विविध कामहरूका बीचको विभेद अन्त्य, राष्ट्रप्रतिको जिम्मेवारी बहन जस्ता गहकिला पाठहरू नेपाली पर्यटक विद्यार्थीहरूको मनमस्तिष्कमा समेत अनुभूत गराएका थिए ।

    pimala1

    व्यवसाय तथा पर्यटन प्रर्बद्धन ः
    सिक्किमको प्रमुख व्यवसायको रुपमा पर्यटन रहेको पाइन्छ जहाँ ‘अतिथि देवो भव’ भन्ने मूलभावका साथ सवारीसाधन देखी विभिन्न गन्तव्य स्थलसम्म अतिथिलाई सहजता प्रदान गरिन्छ । हरेक पाहुनाहरूको सिक्किम यात्राको अनुभव उनीहरू बस्ने होटलदेखि सुरु भई सवारीसाधनमा नै टुङ्गिन्छ । भ्रमणका क्रममा गेन्गटोक काजी रोडमा होटल क्यानन् संचालक उज्जवल साहको टिमले उपलब्ध गराएको ‘हस्पीटालीटी; पनि अविस्मरणीय रह्यो । यस्तै विविध मनोरम दृष्यहरू, हरियाली, गुम्बाहरू, प्याराग्लाइडिङ, सोङ्गुलेक जस्ता धेरै दृष्यहरूले सिक्किमी सभ्यता संस्कृतिमा निखारता ल्याउनुका साथसाथै त्यहाँको पर्यटन व्यवसाय फष्टाउनलाई सहयोग पुगेको पाईन्छ । जसले त्यहाँको आर्थिक, सामाजिक तथा राजनितिक सफलतामा समेत टेवा पुर्याएको पाइन्छ ।
    बजार व्यवस्थापनः
    हरेक वर्ग तथा तहका मानिसहरूलाई उपयुक्त हुने हिसाबले उपलब्ध मालसामानहरू, उपयुक्त मुल्यनिर्धारण, खरिद बिक्रिमा सहजताको दृष्टिकोणले सम्पूर्ण सवारीसाधन समेत निश्चित क्षेत्रमा निषेध गरी स्थानिय उपभोक्तालाई सुविधा उपलब्ध गराउनुका साथै अन्तर्राष्ट्रिय पर्यटकहरूको समेत मन जित्न सफल भएको पाइन्छ ।
    सभ्यता र संस्कृतिको प्रचुरता देखिएको सिक्किमी भूमि कहिले नेपाली योद्धाहरूको संरक्षणमा त कहिले अंग्रेजहरूको युद्धको मारमा त कहिले भारतिय सपनाको रोजाईमा पर्यो । अन्ततः सुन्दर, स्वच्छ, हराभरा, शान्त, सम्मृद्ध तथा सम्पन्न आकर्षित सहरको रुपमा स्थापित हुन सफल भयो । नेपालीभाषा, धर्म र संस्कृतिका धेरै समानतासँगै यस भूमिमा आउने प्रत्येक नेपालीले जीवन जगत र जन्मभूमि तथा कर्मभूमिका दरिला पाठहरू र उच्च नागरिक सचेतना सहितका भावहरू सकारात्मक जीवन जिउने प्रेरक तत्वका रुपमा भेटिन्छन्।

    pimala4

    ६०४ पटक
    प्रतिकृया दिनुहोस्