BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ३ गते
    Headlines :
    Ad
    Ad

    एनआरएनए विवाद : घलेसँग किन तर्सेको ?

    संसारन्युज डेक्ससाउन १६, २०७४

    nrna-logo‘एकपटकको नेपाली सधैको नेपाली’ भन्ने भावमा नेपालीका लागि नेपाली भन्दै संस्थागत रुपमा क्रियासील गैरआवासीय नेपाली संघ एनआरएनए भित्र यतिबेला विवाद बढ्दै गएको अनुभुति गरिदैंछ ।

    विदेशमा रहेका सबै नेपालीलाई एउटै मालामा उनेर देशको सेवामा जुट्ने लक्ष्य लिएको गैरआवासीय नेपाली संघ अहिले सम्म धनीमानीहरुकै क्लवका रुपमा परिचित भएको छ । सिंगो एनआरएन अभियानलाई एनआरएनएका माध्यमबाट संस्थागत गर्ने भनिएपनि निश्चित स्वार्थ, संकिर्णता र धुत्र्याइका कारण यसले आफ्नो स्वत्व छाड्दै जान्छ की भन्ने स्थिति देखापरेको हो ।

    वर्तमान अध्यक्ष शेष घलेले संघको १० औं यूरोपेली क्षेत्रिय बैठकमा प्रस्तुत गरेको प्रस्तावको विषयमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । ‘यूरोपमा नेपाली एकता : समृद्ध नेपालको आवस्यकता’ को शिर्षकमा भएको उक्त बैठकमा ‘भिजन ट्वान्टी–ट्वान्टी एण्ड वियोण्ड’ प्रस्तुत गरेपछि संघभित्र नानाथरीका आशय सहितका प्रतिक्रिया व्यक्त भएका छन् । एनआरएनएको सचिवालयमा व्यापक पुनसंरचना गरी मन्त्रालयजस्तो संस्था बनाउने भन्दै घुमाएर अध्यक्षलाई अधिकार सम्पन्न कार्यकारी प्रमुखमा लैजाने आशय आएपछि व्यापक विरोध बढ्न थालेको पनि जनाईएको छ ।

    फोटो : जीवा लामिछानेको ट्विटरबाट

    फोटो : जीवा लामिछानेको ट्विटरबाट

    एनआरएनएको भावलाई आत्मबोध नगराइकन र नेतृत्व सूम्पने स्थितिको पूर्ण समिक्षा नगरीकन घलेको बर्तमान मात्र पढ्न सकिने स्थिति छैन । घले कसरी उदाए वा देवमान, भीम उदास, रामप्रताप थापाहरुलाई पीडा भिराएर संस्थालाई लठैततन्त्रमा कसरी बढाइयो भन्ने विषय पनि पछिल्लो प्रस्तावसँगै जोडिएको छ । एनआरएनए अभियानमा लागेका प्रोफेसर सूर्य सुवेदी, प्रा.डा अम्बिका अधिकारी र पछिल्ला दृष्टान्तमा हेमराज शर्मा जस्ता बौद्धिक र प्राज्ञिक व्यक्तित्वहरु किन छायामा पर्दै जान थाले ? यो पनि यस्तै खोटी नियतसँगै जोडिएको छ ।

    एनआरएनएलाई संस्थागत गरेको भनेर झ्याली पिट्ने तर पैसा नभएका बौद्धिक व्यक्तित्वलाई अभियानमा टिकाउने प्रणाली बारे सोच्न पनि आवस्यक नठान्ने मुख्यत : उपेन्द्र प्रवृत्ति र जीवा लामिछानको शालीन मौनता यसमा कम जिम्मेवार छैन । जुन दुलाबाट घले छिरे, त्यहि प्रवृत्ति मौलाउने काममा शेष घले अघि सरे त के भयो ? प्रश्न यसरी पनि उब्जिएको छ । उपेन्द्र, जीवा वा यसका संस्थापकहरुले आफ्नो विगतको समिक्षा गर्न जरुरी छैन त ? सवाल उनीहरुसँग पनि सिधा जोडिएको छ ।

    घले यतिबेला पात्र मात्र होइनन्, उपेन्द्र संस्करणकै एउटा अराजक प्रवृत्तिका रुपमा देखा परेका छन् । सुरुमा उपेन्द्र– जीवाको सिण्डीकेट प्रणालीलाई नरुचाएका सबै एनआरएनले शेष घलेलाई हौस्याएर उचालेका पनि हुन भन्दा फरक पर्दैन । आँफू अध्यक्ष, तर हावी उपेन्द्र जीवा नै देखिरहेपछि घलेले यसबीचमा केही अस्वभाविक हरकतहरु प्रदर्शन गरेकै हुन भने उपेन्द्र–जीवालाई पनि कम औडा भएको होइन, जता पनि घलेकै हाइ–हाइ देख्दा र सुन्दा ।

    एउटै प्रवृत्ति बोकेका पात्रहरुवीचको स्वभाविक परीघटनाका रुपमा बुझेर एनआरएनएको सच्याइलाई पक्रन र नेतृत्वमा रहेको भन्नेहरुलाई रुपान्तरण गर्न गैरआवासीय नेपाली अभियन्ताहरु अब लाग्नै पर्ने देखिएको छ । फ्र्यांकफटलाई अस्वभाविक रिहल्सर्ल नठानेर प्रवृत्तिगत उजागरका रुपमा लिदैँ अवको सम्मेलनसम्म अभियन्ताहरुको बढि खबरदारी जरुरी देखिएको छ । लगानीका ठूला–ठूला डंका पिट्ने अनि राज्य शक्तिको दुरुपयोग गर्दै राष्ट्रको स्वाधिनतालाई नै दख्खल पार्नेगरी विदेशी दलालहरुको मतियार बन्ने कार्य पनि यसैका नाउँबाट भएको तर्फ ध्यान पु¥याउँदै त्यसप्रकारका प्रवृत्तिलाई रुपान्तरण गराउन सबै अभियन्ताहरु अझ बढी क्रियाशील हुन जरुरी छ ।

    शिखण्डी पात्र ठड्याउने, संस्थागत विकासका नाममा आफ्नो हैकमका लागि जस्तो पनि निर्लज्ज काम गर्न तयार हुने, प्राज्ञिक र बौद्धिक व्यक्तित्वहरुलाई निराश बनाएर कर्नरमा पु¥याउने जस्ता पुराना बानि रोक्न तथा आगामी सम्मेलनको संभावित सिण्डीकेट ब्रेक गर्न अभियन्ताहरु अझ बढी चनाखो हुन जरुरी छ ।

    कतिपयले पछिल्लो स्थितिमा घलेसँग तर्सिएकाहरुले हल्ला मच्याउन थालेको आंकलन गरेको पाइएको छ भने, घले प्रवृत्तिलाई प्रोत्साहन गर्नेहरुले भने, घलेसँग किन तर्सेको ? भनेर प्रश्न पनि खडा गरेका छन् । तर, यसको निष्ठा र स्वत्व जोगाउने कसरी भनेर चिन्ता गर्नेहरु नै ठूलो संख्यामा भएकाले गलत प्रवृत्तिहरुको रुपान्तरण भइछाड्ने कुरामा आशावादी भने अझै हुन सकिन्छ । घलेसँग तर्सेर वा सिण्डीकेट प्रणालीलाई अवलम्बन गरेर एनआरएनएको अभियान सहज हुन्छ भन्न सकिन्न । उपेन्द्र, वा शेष घलेहरुले आ–आफ्ना ठाउँबाट आत्मालोचना नगरिकन यसको स्वत्व र निष्ठा जोगाउन मुस्किल हुँने हुँदा सकारात्मक आशयका साथ संस्थागत प्रणालीको बहाली गर्दै यो अभियान अगाडि बढ्नुपर्छ ।

    ११४९ पटक
    प्रतिकृया दिनुहोस्