BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक ४ गते
    Headlines :
    Ad
    Ad

    एनआरएनए मकाउको अध्यक्षमा पुन : उम्मेदवारी दिदैं बरुवाल

    संसार न्यूज संवाददातासाउन १९, २०७४

    mukesh-baruwalगैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउका अध्यक्ष मुकेश कुमार बरुवालले २०१७–०१९ का लागि पुन : उम्मेदवारी दिने घोषणा गरेका छन् ।
    अगस्त १२ तारिखका दिन हुन लागेको एनआरएनए मकाउको निर्वाचनमा पुन : दोश्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवारी दिन लागेको बरुवालले बताएका छन् ।
    २००६ देखि मकाउको भेनिशियन कम्पनीमा कार्यरत बरुवालले आफ्नो २ वर्षे कार्यकालमा मकाउमा अलपत्र परेका नेपालीहरुको उद्धार तथा सहयोगका साथै ब्लड क्यान्सर पीडितलाई आर्थिक रकम संकलन लगायतका थुप्रै सामाजिक कामहरु गर्दै आएको बताएका छन् ।

    उनले जारी गरेको उम्मेदवारी घोषणामा भनिएको छ

    ‘यस कारण दोस्रो कार्यकालको लागि गैर आबासीय नेपाली संघ मकाउको अध्यक्ष पदमा उमेदवारी दिदै छु।”
    मकाउमा बिभिन्न पेशा ब्यबशाय गरी बस्नु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरूमा म मुकेश कुमार बरुवालको तर्फबाट नमस्कार साथै न्यानो अभिवादन टक्रयाउछु।म मकाउमा सन् २००६ वाट VENETIAN(भेनिशियन) कम्पनीमा कार्यरत छु साथै सम्पूर्ण नेपालीहरुको साझा संस्थाको रुपमा रहेको NRNA(गैर आवाशिय नेपाली संघ मकाउ)मा संस्थापन काल(सन २०१०)देखि उपाध्यक्ष पदमा २ कार्यकाल(४)वर्ष सम्म जिम्मेवारी बहन गर्दै संगठित भै सामाजिक कार्यमा जुट्नुको साथै गैर आवाशिय नेपाली संघ मकाउको कार्यभार सम्हाले पश्चात मकाउ NCC को प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय स्तरमा NRNA ICC (अन्तराष्ट्रिय समन्वय परिषद)को सदस्य रहि हाल गैर आबासीय नेपाली संघ मकाउको अध्यक्ष पदमा रहि पदीय जिम्मेवारीका साथ सन २०१५ देखि सन २०१७ सम्मको २ बर्षे कार्यकाल सफलता पूर्वक संचालन गरी रहेको छु।मेरो दुई बर्षे कार्यकालमा मकाउमा अलपत्र परेकाहरूको उद्धार देखि लिएर ब्लड क्यान्सर पीडितलाई यस संघ मार्फत आर्थिक रकम संकलन गरी हस्तान्तरण गरीएको थियो।मकाउमा नेपालीहरूलाई आई परेको समस्याहरूलाई पनि समाधान गरी रहेका छौ।बिशेषत मकाउमा रहेका नेपालीहरूको पासपोर्ट र अन्य सरकारी काजपत्र सम्बन्धि बाणिज्य दुताबास हंगकंग संग समन्वय गरी यसै संघको कार्यालयबाट काम भई रहेको छ। वाल्य अवस्था देखिनै रुचि रहेको खेलकुदहरु कराते, र म्याराथोन बिधा तर्फ राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छु।सामाजिक कार्यका लागि सधै तत्परता देखाउन चाहने मेरो मन मस्तिष्कले गैर आबासीय नेपाली संघ मकाउको कार्य समितिमा रहेर थुप्रै किसिमका सामाजिक कार्यहरू गर्दै आएको छु।२०१७/८/१२ तारीकका दिन हुन गई रहेको NRNA NCC(गैर आवाशिय नेपाली संघ मकाउ)को चुनावमा सम्पूर्ण साथी भाइहरु र कार्य समितिका पदाधिकारीहरूको सल्लाह सुझाव अनुरुप पुनह: NCC मकाउको अध्यक्ष पदमा उमेद्वारी दिने सोचका साथ अगाडी वढेको छु।मैले मेरो नेतृत्वमा रहेको NRNA NCC(गैर आवाशिय नेपाली संघ) मकाउलाई एउटा शुद्ध सामाजिक संस्थाको रूपमा व्यक्तिगत स्वार्थ लाभ भन्दा माथि उठेर NRNA को अन्तराष्ट्रिय मूल्य, मान्यता र नियम अनुसार सम्पूर्ण नेपालीहरुको साझा मंचको रुपमा संघलाई माथि उठाउन कोशिश गरी रहेको छु र आउँने दिनहरूमा पनि मबाट भएका कमी कम्जोरीलाई मध्य नजर राख्दै अगाडी बढाउने प्रतिबद्धता जाहेर गर्दछु।यस संस्थामा भएका समस्या, कमी कम्जोरीहरूसंग राम्रो संग परिचित छु र यसलाई आमुल रुपमा परिवर्तन गर्ने लक्ष्यका साथ अगाडी बढेको छु।मेरो दुई बर्षे कार्य कालमा थुप्रै राम कामहरू भएका छन ती कार्यहरूलाई बृस्तित रूपमा संघको पाँचौ अधिवेशनमा सन २०१५ देखि सन २०१७ सम्मको सांगठनिक प्रतिबेदनका रूपमा तपाईहरू माझ प्रस्तुत गर्ने छौ।दुई बर्षे कार्य कालमा थुप्रै अप्ठ्यारा परीस्थितिहरू पनि सृजना भए तर ति परिस्थितिहरूको सामना गर्दै अगाडी बढ्न सफल भएका छौ।गैर आबासीय नेपाली संघ मकाउको नयाँ कार्य समिति( सन २०१७-२०१९)को लागि अध्यक्ष पदमा उमेदवारी दिएको छु।उक्त उमेदवारी दिए संगै मेरो कार्य योजनाहरू पनि रहेको छ जुन यस प्रकार छन:-
    १. अक्ष कोषको स्थापना गर्ने।
    २.नेपाली महाबाणिज्य दुताबास हंगकंग संग समन्वय गर्दै ट्रान्जीट भिषा साथै मकाउमा काम गर्न आउने नयाँ नेपालीहरूको श्रम र इन्सुरेन्सका बारेमा गम्भीर भएर काम गर्ने।
    ३.सामाजिक क्षेत्रमा पनि स्व स्फुर्त रूपमा लागि पर्ने ।
    ४.मकाउमा कार्यरत रहेका नेपालीहरू कथम कदाचित मृत्यु भएमा शवलाई नेपाल कसरी लैजाने भन्ने बारे महा बाणिज्य दुताबास हंगकंगसंग छलफल गरी निस्कर्षमा पुराउने।
    ५.मकाउका बिभिन्न नेपाली संघ संस्थाहरूसंग समन्वय गरी अगाडी बढ्ने।
    ६. नेपालको पर्यटन पर्वद्धनका लागि मकाउमा प्रचार प्रसार गर्ने।
    अन्त्यमा मकाउमा रहेको अन्य नेपाली संघ-संस्था र संगठनहरु साथै विभिन्न पेशामा आवद्ध हुनु भएका पेशाकर्मी साथीहरूसंग सहकार्य गर्दै आएको छु र आउँदा दिनहरूमा पनि संगै हातेमालो गरी अघि बढ्ने प्रण गर्दछु। तसर्थ यस संस्थामा आबद्ध हुनु भएका पंजीकृत सदस्यता लिनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरूले आ-आफ्नो ठाउबाट सहयोग गरी गैर आवाशिय नेपाली संघ मकाउको नयाँ कार्य समितिका अध्यक्ष पदका लागि उमेदवारी दिएको घोषणा गर्दछु।तपाईहरूले अमुल्य मत दिेएर बिजयी गराई दिनु हुन हार्दिक अनुरोध गर्दछु ।धन्यबाद।तपाइको बिश्वास सल्लाह सुझाव र सहयोगको अपेक्षा गर्दछु।’

    मुकेश कुमार बरूवाल
    अध्यक्ष
    ग़ैर आवासीय नेपाली संघ,मकाऊ

    ९९१ पटक
    प्रतिकृया दिनुहोस्