BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र २ गते
    Headlines :
    Ad
    Ad

    ‘अष्ट ज’ लाई आन्दोलनकै रुपमा अघि बढाउन जनप्रतिनिधिहरुको सुझाव

    संसार न्यूज संवाददातासाउन १९, २०७४

    asta-ja-gamala-hastantaran-to-kritipur-nagarpalika--2
    १९ साउन, काठमार्डाैँ । माटोलाई माया गर्ने संस्कृति र उत्पादनमुखी नीति निर्माणमा लागि परेको ‘अष्ट ज’ अभियानलाई आन्दोलनकै रुपमा अघि बढाउनु पर्ने सुझाव नवनिर्वाचित जनप्रतिनिधिहरुले दिएका छन् । अष्ट ज अभियान नेपालका सचिव चन्दा थापाद्वारा जारी विज्ञप्तीमा काठमाडौँ जिल्लाको किर्तिपुर नगरपालिकामा आयोजित गमला हस्तान्तरण कार्यक्रममा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुले उक्त धारणा व्यक्त गरिएको उल्लेख छ ।

    अभियानले काठमाडौँ जिल्लाको किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्कालाई गमला हस्तान्तरण खुर्सानीको बोटसहितको गमला हस्तान्तरण गरिएको बताइएको छ ।

    asta-ja-gamala-hastantaran-to-kritipur-nagarpalika--1गमला हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर महर्जनले प्रकृतिको सहि उपयोग मार्फत विकास प्रक्रिया बढाउने अष्ट ज अभियानको सुझाव ग्रहणयोग्य भएको र नगरको भौतिक सापेक्षतामा कृषि व्यवसायीकरणलाई प्राथमिकता दिइने उल्लेख गरेका थिए । यसैगरी उपमेयर सरस्वती खड्काले यस्तो अभियान शसक्त रुपमा बढाउनु पर्ने धारणा राखेकी थिइन् ।

    विज्ञप्तीमा माटोलाई माया गर्ने संस्कृति र उत्पादनमुखी नीति निर्माणमा जोड दिन राष्ट्रपति, प्रधानमन्त्री, राजनैतिक दलका शीर्ष नेताहरु, उच्च कर्मचारीतन्त्र, प्रधानसेनापति, प्रहरी महानिरीक्षक लगायत राज्यका विभिन्न अंगहरुलाई अनुरोध गर्दै जागरण बढाउने क्रममा स्थानीय तहका नवनिर्वाचित पदाधिकारीलाई पनि गमला हस्तान्तरण गरिएको जनाइएको छ । अभियानका महासचिव निलकण्ठ तिवारीले विकास प्रक्रियाको समन्वय र माटोलाई माया गर्ने उत्पादनमुखी संस्कृृति बढाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।

    asta-ja-gamala-hastantaran-to-kritipur-nagarpalika--3कार्यक्रममा उपस्थित वडा नं ६ का अध्यक्ष न्हुच्छे महर्जन, वडा नं २ का रमेशमान डङ्गोल र वडा नं १ का अध्यक्ष हर्ष महर्जन लगायतका जनप्रतिनिधिहरुले किसानका विभिन्न समस्यामा आफूहरु गम्भिर रहेको बताउँदै आन्दोलनकै रुपमा अभियान बढाउनु पर्ने सुझाव दिएको उल्लेख छ । उक्त अवसरमा व्यवसायिक कृषकहरु केशवराज अर्याल, सोमनाथ पराजुली, वासुदेव खनाल, विरेन्द्र कार्की, कपिलदेव खड्का, ज्ञानेन्द्र मर्हजन, सञ्जीवकुमार महर्जन, दीपक डङ्गोल, रामबहादुर श्रेष्ठ, सावित्रि महर्जन, मणिराम बस्नेत, प्रविण केसी, रत्न श्रेष्ठ, जुजुभाइ महर्जन, गोपाल महर्जन, प्रकाशसिंह महर्जन र गंगाराम महर्जनले कृषि र उत्पादन क्षेत्रका समस्याहरु राखेका थिए । अष्ट ज अभियान्ता तारा बलामी, सांग्रीलाका युवा सुनिल चिमरीया एवम् विवेक थापाद्वारा अष्ट ज को प्रयासका सम्बन्धमा धारणा व्यक्त गरिएको बताइएको छ ।

    अष्ट ज अभियन्ता संगीता बोगटीको सभापतित्व र प्रकाशचन्द्र गिरीको उद्घोषणमा सम्पन्न अन्तरक्रियासहितको कार्यक्रममा डा. नारायण अर्याल र रामलाल श्रेष्ठद्वारा गमला हस्तान्तरण गरिएको थियो भने कृष्णराम मगरातीले किसानका मागपत्र बाचन गरेका थिए ।

    १०४९ पटक
    प्रतिकृया दिनुहोस्