BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ३ गते
    Headlines :
    Ad
    Ad

    पर्वतीय संग्रहालयः टिकटबाट रु अढाइ करोड आम्दानी

    रासस साउन २१, २०७४

    pokharam-misuemपोखरा । पोखरा लेखनाथ महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयले एक वर्षका अवधिमा टिकट बिक्रीबाट करिब रु अढाइ करोड आम्दानी गरेको छ ।

    आव २०७३÷०७४ मा विद्यार्र्थी एक लाख आठ हजार २९९, आन्तरिक पर्यटक ८६ हजार ५८९, सार्कस्तरीय पर्यटक १९ हजार २८७, अन्य बाह्य पर्यटक २३ हजार ६३९ र बगैँचामा दुई हजार ६१ जना आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्दा संग्रहालयले रु दुई करोड ४६ लाख १३ हजार ३०० आम्दानी गरेको हो ।

    नेपाल पर्वतारोहण संघद्वारा निर्माण गरी सञ्चालमा ल्याइएको सो संग्रहालयमा अघिल्लो आवको तुलनामा यस वर्ष करिब रु एक करोड १४ लाख बढी आम्दानी भएको संयोजक सन्तवीर लामाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार भूकम्प र नाकाबन्दीको कारण अघिल्लो वर्ष क्रमशः ४७ हजार ७६४, ६० हजार ६८२, छ हजार ६२०, १२ हजार ५८३ र दुई हजार १३१ जनाले अवलोकन गर्दा करिब रु एक करोड ३२ लाख आम्दानी भएको थियो ।

    विश्वका आठ हजारभन्दा बढी उचाइ भएका १४ मध्ये आठ हिमाल नेपालमा पर्छन् । नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्षसमेत रहनुभएका लामाले भन्नुभयो, “हिमालमा आजसम्म भएका गतिविधि र सो क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजाति, वेशभूषा, संस्कृति, जैविक विविधता, वन्यजन्तु वनस्पति, खनिज पदार्थलगायत सम्पूर्ण जानकारी एउटै छानामुनिबाट लिन सकिन्छ ।”

    विसं २०६० माघ देखि सञ्चालित संग्रहालयमा २०७३ साल कात्तिक ११ गते इतिहासमै सबैभन्दा बढी विद्यार्थीले अवलोकन गरेको दिन हो । उक्त दिन तीन हजार २५३ विद्यार्थीसहित तीन हजार ८२७ जनाले टिकट काटेर अवलोकन गर्दा रु दुई लाख पाँच हजार ८०० आम्दानी भएको लामाले बताउनुभयो ।

    पर्वतारोहण संघले खरिद गरेको १०० रोपनी जग्गामध्ये लगभग चार रोपनी क्षेत्रफलमा पैmलिएको दुईतले संग्रहालय भवनमा विश्वका आठ हजारभन्दा बढी उचाइ भएका १४ हिमचुचुरा एवं आरोहण क्षेत्रमा हालसम्म भए गरेका गतिविधिका तस्बिर राखिएका छन् ।

    हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्री प्रदर्शन गरिएको संग्रहालयका प्रमुख बलप्रसाद राईले बताउनुभयो । उहाँका अनुसार पोखरा आउने आन्तरिक एवम् बाह्य पर्यटकका लागि थप गन्तव्य बनेको संग्रहालय अवलोकनका लागि विद्यार्थीलाई रु ४० र सर्वसाधारण नेपालीका लागि रु ८० प्रवेश शुल्क लाग्नेछ ।

    सार्कका पर्यटकलाई रु २०० र बाह्य पर्यटकलाई रु ४०० र बगैँचामा प्रतिव्यक्ति रु २० टिकटको व्यवस्था गरिएको छ । नेपालमा आठ हजारभन्दा बढी उचाइका विश्वमान्यता प्राप्त आठ र नेपाल सरकारद्वारा गठित पिक प्रोफाइल सब कमिटीले सिफारिश गरेका थप छसहित १४, सात हजार ५०० देखि सात हजार ९९९ मिसम्मका ४०, छ हजारदेखि छ नौसय ९९ मिटरसम्मका ६०३ सहित एक हजार ९१३ हिमचुचुरा छन् ।

    अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयको स्थापना कालदेखि हालसम्म विद्यार्थी सात लाख ३१ हजार ५६०, सर्वसाधारण नेपाली पाँच लाख १२ हजार ८५१, सार्कका एक लाख १७ हजार ५८६, बाह्य एक लाख ९१ हजार ८९८ र बगैँचातर्पm १३ हजार ५६७ जनाले टिकट काटेर अवलोकन गर्दा करिब रु १३ करोड ४२ लाख आम्दानी भएको संग्रहालयका कार्यकारी अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो ।

    संग्रहालयको भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण संकलन र जानकारीमूलक सामग्री प्रदर्शन गरिएको छ । बाहिरी भागमा आरोहण पर्खाल, मनास्लु हिमालको प्रतिरुप निर्माण गरिनाका साथै निकट भविष्यमा आठ हजार मिटरभन्दा अग्ला सबै हिमालको नमूना तयार गरिने योजना संग्रहालयको छ ।

    ४३ पटक
    प्रतिकृया दिनुहोस्