BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    बहुप्रतिक्षित सुपर कप युरोपका महारथीबिचको महाभिडन्त

    संसार न्यूज संवाददातासाउन २४, २०७४

    utdvsreal

    २४ साउन । युएफा सुपर कप अन्र्तग तगत सिजनको च्याम्पियन्स लिग विजेता रियल म्याड्रिड र गत सिजनको युरोपा लिगको विजेता म्यान्चेष्टर युनाईटेड बिचको खेल आज हुदैँ छ । खेल नेपाली समय अनुसार आज राति साढे १२ बजे मेसिडोनियाको फिलिप एरेनामा हुदैँ छ ।

    super cup

    यस अघि नै प्रि सिजनमा भिडिसकेका यी दुई टोली बीचको खेलमा म्यानचेष्टर युनाईटेडले पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । म्यान्चेष्टर युनाईटेड ले प्रि सिजनमा निकालेको जितलाई निरन्तरता दिने दाउमा हुने छ भने उता युरोपेली फुटबलको शक्तिकेन्द्र मानिने रियलले युनाईटेडलाई पराजित गर्दै आफुलाई पुनः युरोपेली महाशक्तिको रुपमा उतार्ने प्रयासमा हुने छ । उसो त स्पेनिश क्यापिटल टोली आफ्ना स्टार खेलाडी रोनाल्डोको आगमनले निकै उत्साहित देखिन्छ । रोनाल्डोले आफ्नो पुर्व क्लबको विरुद्धमा उत्कृष्ट प्रर्दशन गर्दै रियललाई सिजनको सुरवाती उपाधि जिताउने दाउमा हुने छन् ।

    उता म्यान्चेष्टर क्लबले पनि स्टार फरवार्ड रोमेलु लुकाकुले समेत उत्कृष्ट प्रर्दशन गर्दै युनाइटेडको उपाधि यात्रा सुरु गर्न चाहान्छन् ।
    तर्सथ यस खेललाई दुई क्ल्बबीचको नितान्त खेल भन्दा पनि युरोपका दुई फुटबल महारथी बिचको महाभिडन्तको रुपमा लिइएको छ ।

    ५७४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad