BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र २ गते
    Headlines :
    Ad
    Ad

    रियललाई लगातार दोस्रो वर्षपनि सुपरकपको उपाधि

    संसार न्यूज संवाददातासाउन २५, २०७४

    super-cup

    २५ साउन  । स्पेनिश क्लब रियल मयाड्रिडले युएफा सुपर कपको उपाधि जितेको छ । हिजो राति मेसिडोनियाको फिलिप रंगशालामा भएको खेलमा रियलले म्यानचेष्टर युनाईटेडलाई २- १ गोल अन्तरले हराउदै रियलले लगातार दोस्रो वर्ष समेत सुपर कपको उपाधि जितेको हो । रियलको जितमा क्यासिमेरो तथा इस्कोले एक एक गोल गरे उता पराजित टोलीका रोमेलु लुकाकुले सान्तवना गोल फर्काएको थिए ।

    जित सगैँ रियलले उपाधि सहित सिजनको यात्रा प्रारम्भ गरेको छ । रियलले ४ वर्षको अवधिमा तेस्रो पटक सपर कपको उपाधि जितेको हो । रियलले हाल सम्म ४ पटक सुपरकपको उपाधि जितेको छ । सिजनको पहिलो उपाधि सगैँ यो हप्ताको अन्त्यमा हुन् लागेको स्पेनिश सुपर कपको खेलमा समेत आफुलाई प्रवल दावेदारको रपमा उभ्याईसकेको छ ।

    ४९९ पटक
    प्रतिकृया दिनुहोस्