BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ३१ गते
    Headlines :
    Ad
    Ad

    अष्ट ‘ज’ द्धारा बुढानिलकण्ठ र संखरापुरमा गमला हस्तान्तरण

    चन्दा थापासाउन २६, २०७४

    astaja13२६ साउन, काठमाडौं । अष्ट ज अभियान नेपालले काठमाडौंको बुढानीलकण्ठ र संखरापुर नगरपालिकामा गमला हस्तान्तरण गरेको छ ।
    ‘कृषि व्यवसायीकरणको राष्ट्रिय जागरण : समृद्ध नेपालको लागि स्वाधीन अभियान’ चलाउँदै आएको अष्ट ‘ज’ अभियानले दुई तिहाई जनता कृषिमा भनिएको र कुल ग्राहस्थ उत्पादनको एक तिहाइ योगदान कृषिबाट भैरहेको अवस्थामा माटो, कृषि र उत्पादकलाई उपेक्षा नगर्न भन्दै गमला हस्तान्तरण गर्दै आएको छ ।
    विकासको मुलमन्त्र नै अष्ट ज
    अष्ट जअभियानको गमला र मागपत्र बुझ्दै बुढानीलकण्ठ नगरपालिको मेयर उद्धव खरेलले विकासको मूल मंत्र नै अष्ट ज रहेको बताउनु भएको छ । बुढानीलकण्ठ नगरपालिकालाई अग्र्यानिक उत्पादनको नमुना बनाउने र आत्मनिर्भर बनाउने कुरामा अष्ट ज अभियान तथा सम्बन्धीत क्षेत्रका विज्ञहरुको सहकार्य बढाउने बताउनु भयो ।

    budha5
    उपमेयर रमादेवी राइ लगायतका जनप्रतिनिधिहरु उपस्थित सो कार्यक्रममा नगर कार्यपालिका सदस्य तथा कृषि विभाग संयोजक दुर्गा थापाले किसानहरुसँग छलफल गरेर नीति बनाइने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

    budha4
    अष्ट ज अभियानका उपाध्यक्ष खेम शर्मा पौडेलको विशिष्ट आतिथ्यता, कार्यक्रमका संयोजक शंगम शेर्पाको अध्यक्षता र अभियन्ता कृष्णराम मगरातीको संचालनमा सम्पन्न कार्यक्रममा अष्ट ज अभियानका महासचिव निलकण्ठ तिवारी, सचीव चन्दा थापा, कोषाध्यक्ष्य युवराज भण्डारी, अभियन्ताहरु सुविन थापा, रमेशवावु श्रेष्ठ तथा हिरालाल मीश्र, सागर शेर्पा, एकराज कट्टेल रुद्र बहादुर श्रेष्ठ, सानु श्रेष्ठ, वन्दि शेर्पा, डेकराज घिमीरे लगायतका व्यवसायिक किसानहरुको उपस्थिति रहेको थियो ।

    budha1.png2
    कार्यक्रममा महासचिव निलकण्ठ तिवारीद्धारा अष्ट ज को स्थापना देखिका गतिबिधि र स्थानीय तहबाट गर्न सकिने संभाव्यताबारे अष्ट ज को धारणा राख्नु भएको थियो । सभापति शंगम सेर्पाद्धारा गमला हस्तान्तरण गरिएको थियो भने यूवराज भण्डारीले किसानका माग हस्तान्तरण गर्नु भएको थियो ।

    budha1

    संखरापुरमा व्यवसायिक योजना बनाइने
    अष्ट ज अभियानको गमला हस्तान्तरण कार्यक्रममा बोल्दै संखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले एक–दुइ महिनामै माटो र उत्पादन सम्बन्धी व्यवसायिक योजना बनाइने बताउनु भएको छ । कृषिको गुजारा प्रणालीलाई व्यवसायिकतामा लैजान उत्पादकहरुको मनोबल बढाउनुपर्ने अष्ट ज अभियानको मागप्रति आफू सकारात्मक रहेको बताउँदै उहाँले यसप्रकारको अभियानबाट अघि बढ्ने उत्प्रेरणा मिलेको उल्लेख गर्नुभयो । योजना निर्माणदेखि बजारीकरणका समस्या समाधान गर्न सम्बन्धीत विज्ञहरुसँग बसेर तत्काल काम थाल्ने बताउँदै मेयर श्रेष्ठले अष्ट ज अभियानले मार्गदर्शक र गाइड लाइनको भूमिका नियमित राखोस् भन्ने शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

    shankarapur5
    वडा अध्यक्ष श्याममणि ढुंगाना लगायतका जनप्रतिनिधि उपस्थित उक्त कार्यक्रममा शंकरापुर नगरपालिका कृषि प्रसार अधिकृत शिव प्रसाद अर्यालले कृषिमैत्री नीति बनाउन अष्ट ज जस्तो अभियान सक्रिय भएकोमा खुसी व्यक्त गर्दे माटो र उत्पादनमा जोडिएका व्यवसायिक कृषकको हितका लागि आफू तत्पर रहेको बताएका थिए ।

    shankarapur4
    कार्यक्रममा अष्ट ज अभियानका महासचिव निलकण्ठ तिवारीले विकासका नीति र प्रक्रियामा त्रुटी रहेकाले अष्ट ज आन्दोलनको थालनी भएको बताउँदै मुलुकको कहालीलाग्दो व्यापार घाटा घटाएर आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि योगदान पु¥याउने कृषक र उत्पादकलाई निराश नबनाउन अनुरोध गरेका थिए ।

    shankarapur1
    कार्यक्रमका संयोजक रषुतम श्रेष्ठद्धारा गमला हस्तान्तरण गरिएको सो कार्यक्रममा अभियन्ता सुन्दर मल्लद्धारा स्वागत गरिएको थियो भने अभियन्ता माधव मर्हजनद्धारा कृषकमा मागहरु हस्तान्तरण गरिएको थियो ।

    shankarapur3
    अभियन्ता सत्येन्द्र दंगालको संचालन र तेज प्रसाद पुडासैनीको धन्यवाद ज्ञापनमा सम्पन्न सो कार्यक्रममा अष्ट ज अभियानकी सचिव चन्दा थापा, उपत्यका संयोजक कृष्णराम मगराती, कविना थापा, सिता आगा लगायतका अभियन्ता तथा सुवर्ण श्रेष्ठ विस्नु बस्नेत, मदन गोपाल कारन्जीत, रामकाजी महर्जन, सुन्दर मल्ल, रत्नवीर श्रेष्ठ, सत्यलक्ष्मी श्रेष्ठ, सत्यनारायण श्रेष्ठ, सुमन आगा र गोपाल ढकाल लगायतका कृषकहरुको उपस्थिति रहेको थियो ।

    shankara3

    १३०२ पटक
    प्रतिकृया दिनुहोस्