BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र २ गते
    Headlines :
    Ad
    Ad

    आईएसको नियन्त्रणबाट मुक्त भएका ठाँउमा गरिबी वृद्धि

    सिन्ह्वा साउन २७, २०७४

    २७ साउन, बग्दाद (इराक) । इस्लामिक स्टेट (आईएस) लडाकूहरूको नियन्त्रणबाट मु्क्त भएका इराकका केही प्रमुख सहरमा गरिबी बढेको पाइएको छ ।

    ती ठाँउहरूमा ४५ प्रतिशतसम्म गरिबी बढेको एक जना सांसदले बिहीबार जानकारी दिएको सिन्ह्वाले लेखेको छ ।

    योजना र अन्तर्राष्ट्रिय संगठन मन्त्रालयले गरेको पछिल्लो ताजा सर्वेक्षणका क्रममा गत दुई वर्षको अवधिमा २० देखि ४५ प्रतिशतसम्म गरिबी बढेको देखिएको छ ।

    गरिबी निवारण राष्ट्रिय समितिका सदस्य नुरा अल बेचारीले यसरी गरिबी बढेको देखिएका प्रान्तहरूमा सलाहुद्दिन, दियाला, निनेभे, अन्बार र किर्कुक रहेको जानकारी दिनुभयो । तथ्यांकमा आन्तरिक विस्थापनमा परेका र विदेश बसाई सराई भएकाहरूलाई भने समावेश नगरिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

    नियन्त्रण मुक्त भएका ठाँउहरूमा लगातारको खाद्य असुरक्षा, रोजगारी गुमाउने, उपभोग्य वस्तुहरूको उच्च मूल्यलगायतका कारणले गरिबी बढेको बेचारीले बताउनुभयो ।

    सर्वेक्षणमा समेटिएका ठाँउहरूमा यो अवधिमा झण्डै तीस अर्व अमेरिकी डलर बराबरको आम्दानी गुमेको पाइएको छ । पहिला गुमेको आम्दानीलाई पुनःपूर्ति गर्न धेरै गाह्रो हुने उनीहरूको भनाई छ ।

    “गरिबी बढ्दै गएका ठाँउहरूको अवस्था सुधारका लागि र अझ बढी क्षति हुन नदिनका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ,” बेचारीले भन्नुभयो ।

    सुरक्षा फौज र अन्तर्राष्ट्रिय सहयोगका कारण अहिले भने कैयौँ विस्थापित आफ्नै घरमा फर्किएका छन् । गत जुलाई १० मा प्रधानमन्त्री हैदर अल अबादीले मोसुललाई आईएस मुक्त क्षेत्रका रूपमा घोषणा गर्नुभएको थियो ।

    ५७ पटक
    प्रतिकृया दिनुहोस्