BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ३१ गते
    Headlines :
    Ad
    Ad

    शिक्षा कार्यालयका सब इन्जिनियर घुससहित पक्राउ

    संसार न्यूज संवाददातासाउन २७, २०७४

    २७ साउन, गौर (रौतहट) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहट जिल्ला शिक्षा कार्यालयका सब–इन्जिनियरलाई घुससहित आज पक्राउ गरेको छ ।

    जिल्ला सदरमुकाम गौरको बिपी चोकको एक चिया पसलबाट सव–इन्जिनियर ललनकुमार सिंहलाई सेवाग्राहीसँग रु ३५ हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले पक्राउ गरेको हो ।

    जिल्लाको माधवनारायण गाउँपालिकास्थित श्री माध्यमिक विद्यालय माधोपुरको भवन निर्माणको तेस्रो किस्तावापतको रकम निकासा गराइदिन सवइन्जिनियर सिंहले विद्यालयका पूर्व प्रधानाध्यापक रामउदर यादवसँग रु ३५ हजार घुस रकम लिँदालिँदै अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

    सिंहलाई आवश्यक अनुसन्धानका लागि आयोगको क्षेत्रीय कार्यालय हेटौँडा पठाइएको छ । रासस

    ६७ पटक
    प्रतिकृया दिनुहोस्