BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ३ गते
    Headlines :
    Ad
    Ad

    उत्तर कोरियाको चेतावनीपछि यस्तो छ अमेरिकी तयारी

    संसार न्यूज संवाददातासाउन २८, २०७४

    २८ साउन, काठमाडौं । उत्तर कोरियाले प्रशान्त क्षेत्रको अमेरिकी भूभाग गुआमनजिक चारवटा क्षेप्यास्त्र प्रहार गर्ने चेतावनीसँगै प्योङयाङ र वासिंगटनबीच तनाव चुलिएको छ । प्योङयाङको चेतावनीले गुआमवासीमा एक प्रकारको तरंग पैदा गरेको छ भने सम्भावित हमलालाई निस्तेज पार्न अमेरिकी सेनाले आन्तरिक रणनीति तीव्र पारेको छ । गुआमको समुद्रवरपर उत्तर कोरियाले प्रहार गर्न सक्ने जुनसुकै क्षेप्यास्त्रलाई खसालिदिने अमेरिकी योजना छ ।
    सेन्टर फर न्यु अमेरिकन सेक्युरिटीका जेरी हेनड्रिक्सका अनुसार अमेरिकाले उत्तर कोरियाको आक्रमण विफल पार्न विभिन्न योजना बनाइरहेको छ । पूर्वपनडुब्बी क्याप्टेनसमेत रहेका हेनड्रिक्सका अनुसार उत्तरको प्रयास विफल पार्न जापानी र दक्षिण कोरियाका दुईवटा लडाकु विमानको सहयोगमा अमेरिकाको एफ–२२, एफ–३५र बी–२ विमानले गुआमको आकाशमा संयुक्त हवाई कारबाही गर्नेछन् ।
    केही आक्रमणमा मानवरहित विमानको पनि प्रयोग हुनेछ । प्योङयाङ हमलाको संकेत पाउनेबित्तिकै अमेरिकाले गुआममा थप विमान पठाउनेछ । त्यस्तै, दक्षिण कोरियामा रहेका दुई हवाई आधारमध्ये ओसानमा एफ १६ फाइटर्स र ए १० ट्यांक किलर तथा कुनसानमा एफ–१६ एस पठाउनेछ ।

    त्यस्तै, अमेरिकी लडाकु विमानले उत्तर कोरियाको क्षेप्यास्त्र, हवाई रक्षा प्रणालीलाई लक्षित गर्दै टोमाहक मिसाइल प्रहार गर्नेछन् । अमेरिकाले जापानस्थित आधारमा १० वटा मिसाइल क्रुजर र डेस्ट्रोअरलाई पनि सक्रिय पारेको छ । उत्तर कोरियाको आणविक कार्यक्रमलाई बिथोल्न अमेरिकाले प्योङयाङमा साइबर हमला गर्नेबारे पनि सोचिरहेको छ । तर, ती हमलाले उत्तरका आणविक कार्यक्रमलाई रोक्नेभन्दा पनि विलम्ब गरिदिनेछन् । आजको नयाँपत्रिका दैनिकबाट

    ५२ पटक
    प्रतिकृया दिनुहोस्