BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ३१ गते
    Headlines :
    Ad
    Ad

    संसदमा मतदान, पास-फेल जे भए पनि राजपा निर्वाचनमा जाने सहमति

    संसार न्यूज संवाददातासाउन २८, २०७४

    chalphal२८ साउन, काठमाडौं । संविधान संशोधन विधेयकलाई संसद्मा निर्णयार्थ पेस गर्ने सरकारको तयारीमा राष्ट्रिय जनता पार्टी (राजपा) सहमत भएको छ । विधेयक पास–फेल जे भए पनि राजपा स्थानीय तह तेस्रो चरणको निर्वाचनमा सहभागी हुनेछ । सत्तारुढ कांग्रेस–माओवादी र राजपाबीच शुक्रबार बिहान भएको छलफलमा यस्तो सहमति भएको हो ।

    ‘सरकारले संविधान संशोधनको विषयलाई भोटिङमा लगेर टुंग्याउने तयारी गरेको छ । यसका लागि प्रक्रिया अघि बढाउन राजपाले पनि आग्रह गरेको छ,’ छलफलमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘पास वा फेल जे भए पनि संविधान संशोधनलाई निर्णयार्थ पेस गर्न तयार भएका छौँ । हामी संशोधनलाई पास गराउन तयार छौँ । लाग्छौँ, तर जसले संशोधनका विपक्षमा भोट हालेर पास हुन दिन्नन् उनीहरुविरुद्ध जनतामा जान्छौँ ।’
    राजपाका नेताहरुकै आग्रहमा आइतबार संशोधन विधेयक संसद्मा पेस गरेर मंगलबारसम्म निर्णयार्थ पेस गर्ने तयारी भएको कांग्रेस नेता पौडेलले बताए । विधेयकको विपक्षमा उभिने दलविरुद्ध निर्वाचनमा मोर्चाबन्दी गरेर अघि बढ्ने तयारी सत्तारुढ दल र राजपाको छ । आजको नयाँपत्रिका दैनिकबाट

    ७५ पटक
    प्रतिकृया दिनुहोस्