BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ३१ गते
    Headlines :
    Ad
    Ad

    ९ स्थानीय तह थपिँदै

    संसार न्यूज संवाददातासाउन २८, २०७४

    २८ साउन, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश २ मा ९ वटा स्थानीय तह थप्ने गृहकार्य अघि बढाएको छ । यो संख्या थपिएपछि देशभरका स्थानीय तहको संख्या ७ सय ४४ बाट बढेर ६ सय ५३ हुनेछ ।
    मन्त्रालयका सचिव दिनेश थपदियले नयाँ थपिने स्थानीय तहको कार्यलय, कर्मचारी र स्रोत व्यावस्थापन लगायतका काम थालिएको जानकारी दिए । स्थानीय तहको संख्या वृद्धि गर्नुपर्ने राष्ट्रीय जनता पार्टीको माग बमोजिम सरकारले जेठ ८ मा तराईका १२ जिल्लामा २३ वटा स्थानीय तह थप्ने, साबिकको एउटा गाँउपालिकालाई वीरगन्जमा गाभ्ने तथा २४ वटा गाँउपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो । दोस्रो चरणको निर्वाचनपूर्व गरिएको उक्त निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले जेठ १२ मा संख्या नथप्न अन्तरिम आदेश जारी गरेपछि कार्यन्वयन हुन सकेको थिएन ।
    प्रदेश २ को ८ जिल्लाका स्थानीय तहमा असोज २ मा निर्वाचन तोकिएको छ । संख्या हेरफेर पछि निर्वाचन आयोगले शनिबार मन्त्रालयका पदाधिकारीहरुलाई छलफलका लागि डाकेको छ । मन्त्रालयले निर्वाचन भैसकेका क्षेत्रका हकमा भएका निर्णय बदर गरी अदालतको आदेश अनुसारको निर्णय कार्यन्वयन गर्न मन्त्रिपरिषद्मा फेरि प्रस्ताव पठाउने तयारी छ ।
    आजको कान्तिपुर दैनिकबाट ।

    ५० पटक
    प्रतिकृया दिनुहोस्