BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ३ गते
    Headlines :
    Ad
    Ad

    नोक्सानी १० लिटर थप्ने सहमति

    संसार न्यूज संवाददातासाउन २८, २०७४

    २८ साउन, काठमाडौं । व्यावसायीले थानकोट डिपोबाट पम्पसम्म इन्धन ढुवानी गर्दा थप १० लिटर प्राविधिक नोक्सानीको क्षतिपूर्ति पाउने भएका छन् । आयाल निगम सञ्चालक समितीको बिहिबार अबेर रातिसम्म बसेको बैठकले प्रविधिक नोक्सानी बढाउने निर्णय गरेको हो ।
    यसअघि व्यावसायीले थानकोट डिपोबाट ४ हजार लिटर पेट्रोल ढुवानी गर्दा ३५ लिटर प्राविधिक नोक्सानीको क्षतिपुर्ति पाएका थिए । ४ हजार लिटर डिजेल ढुवानी गर्दा २४ लिटर नोक्सानीको क्षतिपुर्ति पाएका थिए । अब पेट्रोल ढुवानी गर्दा ४५ लिटर र डिजेलमा २७ लिटर पाउने निगम सञ्चालक समिति सदस्य एंव गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । ‘प्रारम्भीक चरणमा ४ हजार लिटर पेट्रोल ढुवानी गर्दा थप १० लिटर र डिजेलमा ३ लिटर नोक्सानीको क्षतिपुर्ति दिने निर्णय भएको छ । नोक्सानी सम्वन्धमा थप एउटा कमिटी हुन्छ । त्यसैले जाडो मौसममा पनि अध्ययन र अनुगमन गर्छ,’ उनले भने,‘त्यसपश्चात प्रतिवेदनको आधारमा नाक्सानीको क्षतिपूर्ति घटबढ हुनेगर्छ ।’ आपूर्ति मन्त्रालयका सचिव प्रमकुमार राईले ६ महिनासम्म अध्ययन गरेर थप प्रतिवेदन सार्वजनिक गर्नृ बताए । यसका लागि स्वतन्त्र प्राविधिक टोलि गठन गरिने उनले बताए । टोलीमा कुन–कुन निकायलाई समावेश गर्ने सम्बन्धमा सञ्चालक समितिको अर्को वैठकमा निर्णय गर्ने जनाएको छ । ‘ गर्मी महिनाको प्रतिवेदन तयार छ । अब जाडोमा पनि अध्ययन गरेर थप निर्णय हुन्छ,’ उनले भने ।
    आजको कान्तिपुर दैनिकबाट ।

    ४१ पटक
    प्रतिकृया दिनुहोस्