BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २९ गते
    Headlines :
    Ad

     प्रेमले बनायो क्षणभरमै ‘प्यारालाइसिस’

    संसार न्यूज संवाददातासाउन २८, २०७४

    २८ साउन, बागलुङ । सदरमुकाम छेउमै धौलागिरी बहिरा विद्यायल । भीरमाथि ठडिएको यो विद्यालय वरिपरी सम्भावित दुर्घटनालाई ध्यानमा राखेर तारबार समेत लगाइएको छ । विद्यालयमा शिक्षक र कर्मचारीको रेखदेख पनि उस्तै छ । तर, विद्यालय समयमै शिक्षक, कर्मचारीको आँखा छलेर एक विद्यार्थीले विद्यालयबाट भाग्ने क्रममा अकल्पनीय दुर्घटना भयो ।
    कक्षा १० मा पढ्दै गरेका बागलुङको जेमिनी नगरपालिकाका पैंयुथन्थापका २३ वर्षीय साजन परियार र तनहुँ व्यास नगरपालिकाकी २० वर्षीया सोममाया आले दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको उनका सहपाठी बताउँछन् ।
    त्यहि सम्बन्धलाई विवाहमा परिणत गर्ने निर्णयपछि बुधबार मध्यान्ह् विद्यालय समयमै भाग्ने योजना बनाए । विद्यालयबाट १२ बजेतिर भाग्ने क्रममा नजिकैको भीरबाट लडेर साजन गम्भीर घाइते भए । घटना भएको केही समयमै अञ्चल अस्पताल बागलुङमा उपचारका लागि लगिएको उनको मेरुदण्ड भाँचिएको अस्पतालले जनाएको छ । उपचारमा संलग्न चिकित्सकले ‘ स्पाइनल कर्ड’ को समस्या देखिएकाले अब शरीरको तल्लो भाग चल्ने सम्भावना न्यून देखिएको बताएका छन् । उपचारमा चामत्कारिक सुधार नभए साजनले अव प्यारालाइसिसको समस्या बेर्होनु पर्नेछ । सोममाया र साजन दुवै विद्यालयको होस्टलमा बसेर निः शुल्क रुपमा अध्ययन गर्दै आएका थिए ।
    पहिले नै भागेर पोखरा–बाग्लुङ राजमार्गमो घुम्तीमा पुगेकी थिइन् सोममाया । उनले साजन भिरबाट लडेर घाइते भएको पछिमात्र थाहा पाइन् । आजको अन्नपूर्णपोस्ट दैनिकबाट

    ७८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad