BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    पाकिस्तानमा भएको बम विस्फोटमा पाँचकोे मृत्यु, पच्चीस घाइते

    सिन्ह्वासाउन २८, २०७४

    २८ साउन, इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार भएको बम विस्फोटनमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु २५ जना घाइते भएका छन् ।

    कसलाई लक्षित गरी आक्रमण गरिएको थियो भन्ने कुराको अहिलेसम्म पनि एकिन नभएको सञ्चार माध्यमहरूले जनाएका छन् । तर विष्फोटनमा परी मृत्यु हुनेहरू सवै जना पैदलयात्री रहेका बताइएको छ ।

    सडकको छेउमा विस्फोटक पदार्थ राखेर रिमोर्ट मार्फत् लडाकूहरूले विस्फोटन गराएको स्थानीय राजनीतिक पदाधिकारीले जानकारी दिएका छन् ।

    घाइते सवैलाई विभिन्न स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ भने घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ ।

    विस्फोटनपछि घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । अहिले सम्म घटनाको कुनै पनि समुहले जिम्मेबारी लिएको छैन ।

    ७७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad