BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    ‘सङ्कटको कारक कतारी जनता होइन सरकार’

    सिन्ह्वासाउन २८, २०७४

    २८ साउन, दुवई । संयुक्त अरब इमिरेट्स (युएई)का विदेश मामिला मन्त्री एन्वार गार्गासले कतार सङ्कट कतारका जनताको कारणले नभई कतार सरकारको गलत भूमिकाका कारणले उत्पन्न भएको बताउनुभएको छ ।

    विदेश मन्त्री गार्गासले कतारको कुटनीतिक दरारका बारेमा ट्विटरमा “पश्चातापपूर्ण तर सुधार्न सकिने” लेख्नु भएको छ । उहाँले थप्नु भएको छ, “राजनीतिक सङ्कट राजनीतिकज्ञहरुले नै समाधान गर्नु पर्दछ ।”

    गत जुन पाँच तारिखका दिनदेखि तीन ओटा खाडी मुलुकहरु युएई, साउदी अरब र बहराइनसँगै इजिप्टले कतारसँगको सम्बन्ध विच्छेद गर्दै नाकाबन्दी गरेपछि कतारको कुटनीतिक सङ्कट उत्पन्न भएको हो ।

    कतारले “आतङ्कवादीहरु”लाई सहयोग गरेको उनीहरुको आरोप छ । तर कतारले भने उनीहरुको आरोपलाई अस्विकार गरेको छ ।

    कतार सङ्कट समाधानका लागि भन्दै कुवेत, बेलायत र जर्मनीले धेरै प्रयास पनि गरेका हुन्, तर अहिले सम्म उनीहरु सफल हुन सकेका छैनन ।

    ८५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad