BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    चीनद्धारा दक्षिण सुडानलाई १५ सय टन चामल प्रदान

    सिन्ह्वासाउन २८, २०७४

    २८ साउन, जुवा (दक्षिण सुडान) । चिनियाँ सरकारले दक्षिणी सुडानमा भोकमरी फैलिएपछि आकस्मिक रूपमा बिहीबार १५ सय टन चामल राहत स्वरुप प्रदान गरेको छ ।

    चीनले गत अप्रिलमा आठ हजार आठ सय टन चामल द्वन्द्वग्रस्त पुर्वी अफ्रिकी मुलुकहरुलाई सहयोग स्वरुप प्रदान गर्ने प्रतिज्ञा गरेको थियो ।

    दक्षिणी सुडानमा रहेको चिनियाँ दूतावासका एक जना उच्च अधिकारी लि छिङफेङले पहिलो चरणमा ६० कन्टेनर चामल यस अगाडी नै दक्षिणी सुडानको राहत तथा पुनःउद्दार आयोगलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो । उहाँले बाँकी चामल आगामी महिना सम्ममा आइसक्ने पनि बताउनुभयो ।

    चीन र दक्षिण सुडानको दुईपक्षीय सम्बन्धलाई चीनले निकै महत्व दिएको कुटनीतिक अधिकारीहरुको भनाई छ ।

    “दक्षिण सुडानको एउटा साँच्चैको साथी र गम्भीर सहपाठीको रुपमा चीनले दक्षिण सुडानलाई सधै दह्रो सहयोग गर्दछ, दक्षिण सुडानको शान्ति प्रक्रियालाई पनि सक्दो सघाउने छ,” लिले भन्नुभयो ।

    दक्षिण सुडानमा तीन बर्ष भन्दा लामो समय चलेको द्धन्द्धबाट अहिले जनताले राहत महशुस गरिरहेका छन् ।

    द्वन्द्वरत पक्षकाबीचमा गत सन् २०१५ को अगस्तमा शान्ति सम्झौता भएको थियो । राष्ट्रसङ्घीय प्रतिनिधिहरुको रोहबरमा भएको सम्झौतापछि संक्रमणकालिन संयुक्त सरकार बनेको थियो ।

    १०४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad