BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    मन कबिको

    मोति चाम्लिङ, हङकङभाद्र ४, २०७४

    moti-chmalingकबिको जस्तो मन संग्लो
    बिचारमा उपल्लो अग्लो
    सबैको मन हुन्थ्यो भने
    कबिलाई कति फुर्सद
    चिन्दैनन् कविलाई हतपति
    अनि र नै कबि जहिल्यै
    आलोचित र बिबादित
    सिमा झेँक्ने !!
    तर कविले गालि गरेको छैन कहिल्यै
    उ लोकसँग खुलेर सम्बाद गर्छ
    बिबेचनामा सामेल हून्छ !!
    बौद्विक्ता मिचेर हेकुला दल्नेहरु
    संक्रमणकालमा बन फाड्नेहरु
    आज महागुरु भएका छन् !
    कसलाई पो थाह छैन यो सत्य
    जब कबि पत्रकार बन्नेछ
    हेकुला दल्ने र बन फाडनेहरुको
    झुट बोलेर लुट मच्चाउनेहरुको
    निन्द्रा हराम हुनेछ
    महा आपद आइलाग्नेछ
    त्यसैले कबिलाई
    पत्रकार बन्न बिवश नपार
    उसलाई उसै छोडिदेउ
    जहाँ तिमीलाई पनि भलाई छ
    सर्बहिताय छ
    कविलाई पनि सन्चो छ !!
    सेमुना

    २०१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad