BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

    नेपाल पर्वतारोहण सङ्घका पदाधिकारीद्धारा शपथ

    संसार न्यूज संवाददाताभाद्र ५, २०७४

    parbatarohan-sangh५ भदौ, काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का नवनिर्वाचित पदाधिकारीहरुले निर्वाचित भएको १५ दिनपछि आइतबार शपथ ग्रहण गरेका छन् ।

    नागपोखरीस्थित एनएमएको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त केशव थापाले नवनिर्वाचित पदाधिकारीलाई शपथ गराउनुभएको हो ।

    नवनिर्वाचित अध्यक्ष सन्तवीर लामाले एनएमएको गरिमालाई थप उचो बनाउन निर्वाचनका बेला गरिएका प्रतिबद्धता शत्प्रतिशत कार्यान्वयन गर्ने बताउनुभयो ।

    निर्वाचन सम्पन्न भएको केही दिनमै अध्यक्षमा पराजित जिम्बाजाम्बु शेर्पा समूहले निर्वाचन धाँधली भएको भनी जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा उजुरी दिएपछि विवादले निर्वाचित पदाधिकारीहरुको शपथ कार्यक्रम रोकिएको थियो ।

    उजुरीउपर प्रशासनले चार सदस्यीय छानबिन समिति गठन गरी एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनेको थियो । समितिले भदौ २ गते प्रतिवेदन जिल्ला प्रशासन कार्यालयलाई बुझाएको थियो ।

    प्रतिवेदनमा सङ्घको निर्वाचन निष्पक्ष रुपमा सम्पन्न भएको र बदर हुन नसक्ने भन्दै फैसला गरेपछि आज शपथ भएको हो । गत साउन २१ गते भएको एनएमएको निर्वाचनले अध्यक्ष पदाधिकारीसहित १५ जनाको कार्यसमिति निर्वाचित गरेको थियो । जसमा अध्यक्ष लामा, उपाध्यक्षमा दिवसविक्रम शाह, द्वितीय उपाध्यक्षमा माया शेर्पा, महासचिवमा कुलबहादुर गुरुङ, सचिवमा टीकाराम गुरुङ र कोषाध्यक्षमा सुदर्शन न्यौपाने विजयी भएको थियो ।

    त्यसैगरी, सदस्यमा प्रा डा हरिप्रसाद श्रेष्ठ, विनय शाक्य, पासाङटेण्डी शेर्पा, सञ्जीव गुरुङ, सिंगी लामा, मिङ्मार शेर्पा, तुलसी गुरुङ, दा गेल्जे शेर्पा र आङछेवाङ शेर्पा विजयी भएको थियो ।

    १०३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad