BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    जापानमा एक नेपाली विद्यार्थीद्धारा आत्महत्या

    संसार न्यूज संवाददाताभाद्र ५, २०७४

    deathbodyजापानमा अध्ययनरत एक नेपाली विद्यार्थीले आत्महत्या गरेकी छन् । मोरङ इटहरा घर भई ४ वर्ष अघि विद्यार्थी भिषामा जापान पुगेकी अनिता गौतमले आत्महत्या गरेकी हुन् ।
    जापानको मायाबाशी, गुम्बा केनमा ओमोते नासी सेन्मोन गाक्कोमा पढ्दै गरेकी अनिताले के कारणले आत्महत्य गरेकी हुन् भन्ने विस्तृत आउन सकेको छैन ।
    गौतमको आत्महत्याले जापानबासी नेपालीलाई मर्माहत बनाएको जापानबाट नरेन्द्र बस्नेत (दिनेश) ले जनाएका छन् । उनले भनेका छन् ‘ आज फेरि बिदेशी भूमिमा एक नेपाली चेलीले आत्महत्या गरेको खबरले मन विक्षिप्त भएको छ ।
    आत्महत्या समाधान हैन कायरता हो भन्दै गर्दा इटहरी नभएर इटहरा घर भई ४ बर्ष अघि विद्यार्थी भिषामा आइ हाल जापानको मायाबाशी, गुम्बा केनमा ओमोते नासी सेन्मोन गाक्कोमा पढदै गरेकी अनिता गौतम बहिनीले आत्महत्या गरेको घटनाले राष्ट्रिय बिपत्तिमा डुबेको मुलुक र त्यसको सहयोगको लागि केन्द्रित रहेको जापानको नेपाली समुदयालाइ फेरी सोकमा डुबाएको छ, बाढीले उठ्न नसकेको उनको परिवारको त के होला हालत ?’

    १४५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad