back

कास्मिरको स्याउ किन्यो बनारसी साडीमा

वि.सं.२०७४ भदौ ७ बुधवार

261 

shares
NTC AD
Global IME AD

nilkantha-tiwari-2

सस्तो दाममा विदेश छन नेपालीका पाखुरा
चालीस लाख नाघिसक्यो गरौं के कुरा ?
अझै कति पुस्तालाई विदेश जानु पर्ने हो
यस्तो चक्र तोड्न अब कसो गर्ने हो ?

पृथ्वीमा स्वर्गको टुक्रा जस्तो नेपाल
अझै हामी किन गरिवी ? सोचौं पल पल
जस्तो भन्यो त्यस्तै माटो हावा पानी उस्तैछ
ढुंगाको कापमा पनि फल फर्कन्छ

नेता भन्छन–समाजवाद, संविधानमा लेखेर
कसरी आउला साथी वग्गि चढेर
भूईचालोले–राष्ट्रियता, सबैलाई सम्झायो
मगन्ते–संस्कृतिले, विकास अल्झायो

जल, जमिन–जंगलको, पहिचान भएन
जराजुरी–जडीबुटीको, ख्याल रहेन
जनशक्ति र जनावरको, सत्य तथ्य आएन
जलवायुको–महत्वले, ठाउँ पाएन

किन गर्नु–चर्को कुरा, आफ्नो माटो जाँचे भो
माटो र उत्पादनको, बाटो नापे भो
फलफूल–माछा–मासु, दूध दही तरकारी
खरब नाघ्यो– व्यापार घाटा, डाटा सरकारी

अरबको रेमिट्यान्स नी कता कता विलायो
विहारको प्याज ल्याइ हिसाव मिलायो
कास्मिरको स्याउ किन्यो बनारसी साडीमा
कतिन्जेल हुइकिने हो टाटा गाडीमा

जस्ले गर्छ–त्यहि पर्छ, राम्रो काम थालेमा
किन यस्तो हुने गर्छ हाम्रो नेपालमा
राष्ट्रपति प्रधानमन्त्री दलको नेता सबैलाई
हार गुहार धेरैपटक ग¥यौं बरीलैं ।

उत्पादनमा लागेका किसान छन् निराश
समस्यालाई बदल्नु छ नयाँ निकासमा
काम र मामको वातावरण यहि बनाउनु पर्छ है.
अष्ट ज ले यस्तो माग गर्छ वरिलै
देश किन गरिव भयो बहश बढाउँ साथी हो
अझै चेत्न नसकेमा हुने कति हो ।।।

तिवारी : अष्ट ज अभियान नेपालका महासचिव हुन् ।

वि.सं.२०७४ भदौ ७ बुधवार ०४:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कविता : खटपट

कविता : खटपट

निम्बतरु, अर्घाखाँची नासिकाबाट सलसली पानी बग्यो ओष्ठ चिसो भयो नासिका...

टुक्का कविताहरू

टुक्का कविताहरू

जी.वि.कश्यप, घोराही–१४ दाङ १. जन्मभूमि कर्मभूमि नेपाल आमा हाम्रो भौतिक...

कविता : समाधानको मार्ग खोजौँ

कविता : समाधानको मार्ग खोजौँ

कल्पना भट्टराई,टोखा, काठमाडौं हिलोमा डुबेको छ चुर्लुम्म देश, भयो पाइला...