BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

    ‘खप्परभरिका प्रपोजल बचाउन अन्ततः विदेश नै हिड्नु पर्यो’

    संसार न्यूज संवाददाताभाद्र १३, २०७४

    shree yawa limbu

    ५० देखि ७० लाखको हैसियत राख्ने युवाले आफू बेरोजगार छु भन्नु वा अवसर नै पाइएन भन्नु हाँस्यास्पद् कुरा हो मेरा लागि । नेपाल कृषिप्रधान देश हो भनेर गर्व गर्ने ति युवाले त्यही पैसा लगानी गरेर अरु ५ युवालाई नेपालमै रोजगार दिएर बस्न सक्थे नि होइन र ? भन्न खोजेको के हो भने हामी शिक्षित र आर्थिक हैसियत भएका युवाहरूले पलायनवादी सोँच राख्नु पनि राष्ट्रका लागि दुर्भाग्य हो ।

    गाउँमा भारी बोक्दा बोक्दै रोजगारीका लागि १८ वर्ष अगाडि साउदी पुग्यो, एउटा युवा । त्यहाँ उसले ३२ एमएमको रड बोक्यो । त्यहाँका बाटोहरू र जंगलहरूमा फोहोर सोहो¥यो । उसले फोहोर सोहोरेका बाटोहरू डेढदशकपछि चिल्ला मोटरबाटो बनेका छन् । अनि सुन्दर एयरपोर्टहरू पनिश्रम र परिश्रम गर्ने अनि अगाडि बढ्ने मध्येका एक हुन श्री यावा लिम्बू । उनी भन्छन, ‘साउदीका बसाइका कति यस्ता क्षणहरू छन्, जो न मुखले ओकल्न सक्छ, न अक्षरमा लेख्न सकिन्छ ।’
    पाँचथर साविक भारपा हालको हिलिलाङ गाउँपालिकामा जन्मेका हुन् लिम्बू । गोपेटारबाट काबेली हुँदै मामाङदेसम्म भारी बोकेर जान्थे आफ्ना काकाहरूसँग यावा । एकदिन भारीसँगै गाउँले काकालाई गुमाए बाटैमा । उनको मन बिग्रीयो । जीवन यहि मात्र होइन् जस्तो लाग्यो उनलाई । अनि त २–४ वर्ष पछि गाउँ देश छोडेर साउदी हिडे, यावा ।
    उनै लिम्बू अहिले साउदीमा चल्तापुर्जा नेपाली व्यवसायी बनेर जमेका छन् यतिबेला । उनले ३ वर्ष अगाडि झण्डै ६० लाख लगानीमा ‘क्यावलिन फिलिपिनो फुड र न्यू अन्नपूर्ण रेष्टुरेण्ट’ खोलेका छन् । रेष्टुरेण्टमा ९० प्रतिशत नेपाली र १० प्रतिशतमात्र फिलिपिन्स, वंगाली र इण्डियनलाई रोजगार दिएका छन् । झण्डै २ करोड लगानी गरेर सुपरमार्केट खोल्ने तयारीमा समेत रहेका छन् उनी । यावा व्यवसायी मात्र नभएर साउदीमा समस्यामा परेका नेपालीको सहयोगमा दिनरात खट्ने सामाजिक अभियान्ता पनि हुन् । आफू जन्मेको गाउँमा झण्डै ३८ लाख रुपैयाँ खर्च गरेर मोटरबाटो पु¥याएर गाउँको विकासमा समेत योगदान पु¥याएका छन्, उनै यावासँग ऐक्यबद्धताले गरेको भलाकुसारी ।

    साउदी कहिले र किन जानु भयो ?
    करिब डेढ दशक भयो । अवस्थाहरूले काँध चढ्यो, खुट्टा लरबराए, वैशाकी टेक्दा–टेक्दै किन भन्ने कारणनै भुली सकेछु ।
    नेपालमा रहँदा के गर्नुहुन्थ्यो ?
    गोपेटारबाट काबेली हुँदै मामाङ्खेसम्म भारी बेकेर जान्थ्यौं काका दाइहरूसँग । एकदिन भारीसँगै गाउँले काका गुमायौँ, मन बिग्रीयो । जीवन यहि मात्र होइन जस्तो लाग्यो । त्यस्को २–४ वर्ष पछि गाउँ छोडे तर भागेको होइन् ।

    साउदीका सुरुका दिनका बारेमा बताइदिनुहुन्छ की ?
    साउदीको शुरुको बसाइ कहाँबाट शुरु गरौं ! कति यस्ता क्षणहरू छन् जो न मुखले ओकल्न सक्छ । न अक्षरहरूमा लेख्न सकिन्छ । यति चै भन्छु, जुन जंगलमा मैले ३२ एमएमको रड बोके, जुन बाटोमा मैले बलदिया (फोहोर) सोहोरेको थिएँ, ती जंगल आज शहर बनेका छ्न । ती बाटाहरू एयरपोर्ट बनेका छन् ।

    व्यवसायमा लाग्नु भएको छ, कति लगानी गर्नुभयो, कस्तो चलिरहेको छ ?
    ३ वर्षदेखि यो व्यवसाय गरेको हुँ । झण्डै ६० लाख लगानी रहेको छ अब झण्डै २ करोडमा सानो सपिङ सेन्टर पनि खोल्दैछु । अर्कोकुरा मलाई यतिका मजबुत बनाउने यो व्यवसायलाई नचलेको कसरी भनुँ ? तर, पछिल्लो एकवर्षको मन्दीले ७० प्रतिशत सरदर खुम्चिएको भने पक्का हो ।

    नेपालीलाई पनि रोजगारी दिनुभएको छ की ?
    ९० प्रतिशत नेपाली कामदार नै छन् । बाँकी फिलिपिन्स, बंगाली र इन्डियन छन् ।

    सामाजिक काममा पनि धेरै लाग्नुहुन्छ कसरी मिलाउनु हुन्छ समय ?
    म, मात्र होइन, साउदीमा धेरै नेपाली व्यवसायीहरू सामाजिक कार्यमा लाग्नुभएको छ । समय म्यानेज गर्न गाह्रो छ तर, ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेजस्तै मैले यसबीचमा एमआरपि फर्म दर्ताको लागि २१ महिना सेल्टर घुमे, ३४ अलपत्र नेपाली श्रमिकहरूलाइ २८ दिन खानबस्न सहित सेल्टरको व्यवस्था, १३–१४ जनालाई स्वदेश फर्कने टिकटको व्यवस्था गरेको छु । बाँकी दूतावाससँग समन्वय गरेर सय भन्दा बढीलाई सहयोग गरियो होला ।

    तपाईंले २७ लाख खर्चेर गाउँमा मोटरबाटो पु¥याउनु भएछ कसरी आयो त्यस्तो सोँच ?
    जसरी २७ लाख भनेर मिडियाबाजी भयो, व्यक्तिगत रुपमा मलाई कुनै अफसोच छैन, न त दुःख नै छ । तर, कम्तिमा आज यो पत्रिकाले थाहा पाओस् २७ होइन ३६ लाख हो । कहाँबाट सोँच आयो भन्ने कुरा अलि भावनात्मक छ । भारपा उसैनी अक्करे भिर हो । भारपाको लागि नेपाल देशमात्र बन्यो । राज्य बन्न अझै पनि सकिरहेको छैन । प्राविधिक कठिनाइहरू आफ्नै ठाउँमा होलान्, तर २१ औं शताब्दीमा पनि पिउने पानी लिन माइल टाढा जानुपर्छ । हाम्रा आमा दिदीबहिनीहरूको पानी बोक्दा बोक्दै लडेर शरीरमा ठूला चोटहरू लागेका छन्, बुवा दाजुभाइहरू भारीसँग भिरमा ठोक्किँदा लागेका चोटहरूले शरीर भरिएको देख्दा केही गर्छु र गर्नैपर्छ भनेर सानैमा गाउँ छोडे । धेरैपटक खाली हात फर्किएँ । जतिपटक फर्किए उत्तिनै पटक म दुःखी बनिरहेँ । यो पटक सबै गाउँले उत्सुकतापूर्वक सहयोग गर्नुभयो मैले साउदीबाट उहाँहरूको लागि मायाको चिनो पठाएँ । उक्त बाटोमा सरकारबाट झिनो संरक्षण छ । अब स्थानीय जनप्रतिनिधिहरूले त्यसको संरक्षण गर्नेछन् भन्ने अपेक्षा राखेको छु । त्यस ठाउँलाई के गर्ने भनेर जिब्रोमा स्वाद बोक्नु भन्दा पनि केही गरी मनमा सन्तुष्टि लिने साँेचमा छु । यद्यपि हिलिहाङ गाउँपालिका पाँचथर लगायत सबै क्षेत्रमा प्राकृतिक विपत्तिको आवश्यकताहरूलाई सहायता गर्न म आफ्नो ठाउँबाट पूर्ण प्रतिबद्ध छु ।

    साउदीमा कुन–कुन संस्थामा आबद्ध हुनुहुन्छ ?
    समाजसेवामा समर्पित सबै संघसस्थाले मलाई उहाँहरूकै मान्छे ठाने हुन्छ । हाल गैरआवासीय नेपाली संघ, संघीय लिम्बुवान सामाजिक मञ्च दमाम र न्यूअन्नपूर्ण स्पोट्र्स क्लबमा आबद्ध छु । स्पोट्र्स क्लबले आउँदो बकर इदमा नकाउट फुटबल प्रतियोगिता गर्दैछ ।

    उद्धार कार्यमा सक्रिय हुनुभएको छ, साउदीमा नेपालीका मुख्य समस्या के होलान ?
    राम्रो प्रश्न गर्नुभयो । व्यक्तिगतरूपमा मलाई के लाग्छ भने हामीले गरिरहेको उद्दार बिडो नभएर लडिरहेको माटोको घैंटोलाई उठाउनु जस्तै हो । तपाईं जति उठाउनुहोस् त्यो लडेर त्यही स्थानमा पुग्नेछ । तर, यस्को मतलब उद्दार गलत छ भन्न खोजेको चै होइन् । जस्ले घैंटो ल्याउने दुस्साहस गर्छन् उनले बिडोंको व्यवस्था पहिले गर्नुप¥यो । ल्याउन स्वीकृत दिनेहरूले पनि हचुवाको भरमा ल्याप्चे ठोकिदिनु भएन । तिनका बिडोंको सामथ्र्य आँकलन गरेर मात्र स्वीकृत दिनुप¥यो । मुलभूत समस्या नै यसैको वरिपरि छन् । केहिदिन अघि हामीले बुँदागत रुपमा दूतावासलाई ध्यानाकर्षण गराएका छौँ, महामहिम राजदूतले सकारात्मक लिनुभएको छ ।

    देश बनाउनको लागि युवाहरूको कस्तो भूमिका हुनुपर्ला ?
    म एउटा दुःखहरू बोकेर पहाडमा हुर्किएको मान्छे । खप्पर भरी प्रपोजल थियो । गोजि रित्तै–रित्तो । गोजिमा भरिएको खप्पर अक्सर खिया परेर धुलो हुन्छ् । त्यस्लाई बचाउन विदेश हिड्न बाध्य हुनुप¥यो । पहिलोपटक विदेश हिड्नलाई ८० हजार खोज्न हम्मे–हम्मे परेको थियो ।
    देश बनाउन युवाको भूमिका भन्नु सीप र शिक्षा प्रमुख कुरा हो । दुर्भाग्य, हाम्रो देशमा सीप र शिक्षा हुने दुवैखाले युवा बाह्य पलायन छौं । हाम्रो अन्तिम लक्ष्य नै विकसित मुलुकमा सेट हुनु हो जस्तो देखिएको छ । केहि दिनअघि दुईसय युवा अमेरिका छिर्न ५० देखि ७० लाखसम्म तिरेर जाँदा मेक्सिकोमा पक्राउ परेको समाचार आएको थियो । ५० देखि ७० लाखको हैसियत राख्ने युवाले आफू बेरोजगार छु भन्नु वा अवसर नै पाइएन भन्नु हाँस्यास्पद् कुरा हो मेरा लागि । नेपाल कृषिप्रधान देश हो भनेर गर्व गर्ने ति युवाले त्यही पैसा लगानी गरेर अरु ५ युवालाई नेपालमै रोजगार दिएर बस्न सक्थे नि होइन र ? भन्न खोजेको के हो भने हामी शिक्षित र आर्थिक हैसियत भएका युवाहरूले पलायनवादी सोँच राख्नु पनि राष्ट्रका लागि दुर्भाग्य हो ।

    यहाँको भनाइमा एउटा युवा विदेश नै जानुपर्ने कारण के होला ?
    देश आन्तरिक संरचनामा कमजोर छ । देश हाक्ने नेता धेरै छन्, नेतृत्व कम । सत्य यो हो कि जिम्मेवारीबोध नेतृत्वले मात्र गर्न सक्छ । नेताहरू त कार्यकर्ता र पेट संरक्षणमा हुन्छन् । अर्को कुरा देशले बेरोजगार भनेर मध्यम र उच्च वर्गका शिक्षित युवालाई मात्र जान्दछ । एक पेटको लागि संघर्षरत निम्न र विपन्न वर्गका युवाहरूलाई जान्दैन् जब कि ७० प्रतिशतमात्र अधिक युवाहरू निम्न र विपन्न वर्गका छन् । स्वरोजगारको धेरै कार्यक्रमहरू आए । तर, निम्न र विपन्न वर्गका युवाहरूलाई समेटिएको देखिदैन फलतः युवाहरूको अन्तिम सपनानै विदेश भैदिन्छ र भैरहने छ ।

    नेपालमा पनि केही गर्ने सोँच बनाउनु भएको छ की ?
    काठमान्डौ अन्तराष्ट्रिय विमानस्थल अगाडी मेरो गोर्खा गेष्ट हाउस २ वर्षदेखि सञ्चालनमा छ । अर्को करिब २ करोड लगानीमा पुर्वमा कन्ट्रक्सन कम्पनी खोल्ने अन्तिम चरणमा छौं । ६ महिनाभित्र सञ्चालन गरौँ भन्ने योजनामा छौँ । साथै अन्य विभिन्न प्रोजेक्टमा पनि हातेमाले गर्ने कुरा हँुदैछ । टार्गेट अनुसार सफलता हासिल भयो भने १० वर्षभित्र मेरो कम्पनीमार्फत नेपालमै १० देखि १५ हजार बेरोजगार नेपाली युवालाई रोजगार मिल्न सक्छ भन्नेमा म विश्वस्त छु ।
    अन्त्यमा, जीवन पहाड हो । पहाड तर्न मन चलाएर मात्र पुगिँदैन खुट्टा चलाउनुपर्छ । धैर्यता र निरन्तर मेहनतनै सफल जीवनको मार्ग हो कोसिस निरन्तर रहोस् ।

    ५०६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad