BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    अन्तराष्ट्रिय फुटबलमा रोनाल्डोको छलाङ, सबैखाले रेर्कड तोडिदै

    संसार न्यूज संवाददाताभाद्र १६, २०७४

    ronaldo

    १६ भदौ, एजेन्सी । रियल म्याड्रिड तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो अन्तराष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल खेलाडी मध्ये ५ औ नम्बरमा उक्लिएका छन् । हिजो भएको युरोप क्षेत्रको विश्व कप छनोटमा फारोई आईल्यान्डसँगको खेलमा ह्याट्रिक गर्दै रोनाल्डोले अन्तराष्ट्रिय स्तरमा ७८ गोल गरेका छन् । यो सगैँ रोनाल्डोले ब्राजिलियन खेलाडी पेलेको ७७ गोलको रेर्कड तोडेका हुन् । रोनाल्डो युरोपका उच्च गोल कर्ता पुस्कास भन्दा मात्र ६ गोल पछाडि रहेका छन् ।

    रोनाल्डो मात्र सक्रिय खेलाडी हुन् जसकारण रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा बनाइएका सबै खाले रेर्कड तोड्ने लगभग पक्का जस्तै छ । उनले युरोपेली विश्वकप छनोटमा अहिले सम्म १४ गोल गरेका छन् । उनले अन्तराष्ट्रिय फुटबलमा अहिले सम्म ५ ह्याट्रिक गरेका छन् ।

    ९६६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad