back

युवाकवि भविनको ‘छायाँ’ विमोचित

वि.सं.२०७४ भदौ १७ शनिवार

276 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

 p1

१६ जेठ, काठमाडौँ ।युवाकवि भविन लिम्बूको कविता सङ्ग्रह छायाँको हालै विमोचन भएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, कवि राधेश्याम लेकाली, निबन्धकार युवराज नयाँघरे, समालोचक महेश पौडेल, कृतिकार भविन लिम्बूले संयुक्त रुपमा छायाँको विमोचन गरेका थिए ।

छायाँबारे उपकुलपति घिमिरेले भने( ‘नयाँ पन, नयाँ शैली भित्रिएको छ यो छायाँमार्पmत् । आजको कविताले खोजेको खास धार यो कृतिमा भेटिन्छ ।’

यसै गरी विमोचित कृतिबारे निबन्धकार नयाँघरेले आफनो धारणा राखे— ‘छायाँमा देश र परदेश जोड्ने भावनात्मक पुलको निर्माण भएको छ । सरलतामा धेरै बलिया विचार पोखिएको यो सुन्दर कृति हो ।’

समालोचक पौडेलले छायाँमा जातीयता र राजनीतिको कुनै पनि छोइछिटो नरहेको विचार पोखे । उनले भने— ‘कविताको मौलिक स्वाद यसमा छ ।’

p2

कृतिका लेखक लिम्बूले आपूm विदेशमा बस्दा पैसाभन्दा पनि साहित्य–कलामा बढी समर्पित भएको धारणा राखे । उनले भने— ‘कविता लेख्दा मलाई ठूलो सन्तुष्ठी हुन्छ । सिर्जनाले दिने सुख अरुबाट पाइँदैन ।’

साहित्यकार लेकालीले भविनका कविताले आफ्नो मौलिक भाव र चरित्रमाथि उठान गरेको बताए । उनले भने— ‘भविनमा ज्यादै कलात्मक लेखनीका गुणहरु देखिन्छन् ।’

लामो समयदेखि हङकङमा रहँदै आएका कवि लिम्बू अनेकौँ सांस्कृतिक, सामाजिक, साहित्यिक संघ–संस्थामा आबद्ध छन् । छायाँ भविनको दोस्रो कृति हो । यस अघि उनको हङकङ चसमिस कविता सङ्ग्रह आइसकेको छ ।

उक्त अवसरमा वीपी चिन्तन प्रतिष्ठान हङकङका अध्यक्ष कुलप्रसाद गुरुङ, कवि टङ्क सुब्बा, बाबा बस्नेत, सन्ध्या पहाडी, डाक्टर गुनु घर्ती लगायतले आ–आफना मन्तव्य राखेका थिए । कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले आयोजना गरेको थियो ।

वि.सं.२०७४ भदौ १७ शनिवार ०८:१० मा प्रकाशित

NABIL bank AD
काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

ढोरपाटन (बागलुङ) । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ...

सुन तस्करी प्रकरण : पूर्व उपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा रिहा

सुन तस्करी प्रकरण : पूर्व उपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा रिहा

काठमाडौँ । सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका पूर्व...

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता लेखनाथ...

राष्ट्रियसभा बैठकमा शोक प्रस्ताव पारित

राष्ट्रियसभा बैठकमा शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको...

प्रतिनिधिसभा बैठक : सहकारी र मिटरब्याज पीडितलाई न्याय दिन सांसदको आग्रह

प्रतिनिधिसभा बैठक : सहकारी र मिटरब्याज पीडितलाई न्याय दिन सांसदको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा...

प्रतिनिधिसभा बैठक : सहकारी ठगीसम्बन्धमा निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

प्रतिनिधिसभा बैठक : सहकारी ठगीसम्बन्धमा निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी...