BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

    ‘रङ टाइम – सिजन २’ को ट्रेलर सार्बजनिक 

    संसार न्यूज संवाददाताभाद्र २४, २०७४

    wrong-time
    योर स्टाइल टिभीको प्रस्तुतिमा बनेको चर्चित हास्य वेब सिरिज ‘रङ टाइम’ को दोस्रो सिजन मंसिर १ गते बाट  युट्युबमा आउने भएको हो । हरेक शुक्रबार बिहान ८ बजे हेर्न मिल्ने भएको छ। सहिन प्रजापतिको निर्देशन रहेको यो हास्य शृंखलाको दोस्रो सिजनको आकर्षक ट्रेलर रिलिज गरि यो जानकारी दीइएको हो । निर्देशक  प्रजापति भन्नु हुन्छ – ” अघिल्लो सिजन भन्दा अब हामि माथि आसा धेरै गरिएको हुन्छ त्यसैले हामिले अझ धेरै मिहिनेत गरेका छौ ।  दर्शकलाइ भरपुर मनोरंजन दिन हामिले कुनै कसर छोडेका छैनौ ।”

    गत वर्ष चैतबाट हरेक शुक्रबार दर्शकलाइ मनोरंजन दिएको यो सिरिजको अत्याधिक ‘डिमाण्ड’ थियो । युट्युबमा लाखौ दर्शकले हेरेको यो शृंखलाको  ट्रेलर आउदा निकै राम्रो प्रतिक्रिया आएको छ। १४ वटा भाग प्रासारण भइ असारको अन्तिममा  बन्द भएको रङ टाइम – सिजन १ अब नया एपिसोड़ेमा आउने भएको छ ।

    रमाइलो प्रसङ्ग अनि नसोचेको ‘टुइस्ट’ दिने यो  सिरिजमा कुशल बिष्ट, आश्मा गिरि, सहिन प्रजापति, अमिता छन्तेल, विकल्प अधिकारी, शिशिर अर्याल, सशांक बोहोरा, आस्मिता तिवारी र शैली थिएटरका कलाकारको अभिनय रहनेछ ।  दर्शकले खुब मन पराएका मुख्य कलाकार कुशल बिष्ट भन्नु हुन्छ – “रङ टाइम – सिजन १ मा जस्तै यो सिरिजमा पनि प्रसस्त हसी मजाक रहने छ  उहाहरु लाइ निरास बनाउदैनौ। उहाहरुको माया अनि सल्लाह अनुसार नै रङ टाइमका अन्य सिजन आउने छन् ।”

    ४०० पटक
    प्रतिकृया दिनुहोस्
    Ad