back

राष्ट्रिय चलचित्र अवार्ड’ दशैँ अगाडि वितरण गरिने

वि.सं.२०७४ भदौ २६ सोमवार

282 

shares
NTC AD
Global IME AD

national film award

२६ भदौ, काठमाडौँ । प्राविधिक कारणले यसवर्ष वितरण गर्न नसकिएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ दशँै अगाडि वितरण गरिने भएको छ ।

नेपाल चलचित्र विकास बोर्डले प्रत्येक वर्ष असार १६ गते संस्थाको वार्षिकोत्सवको अवसरमा वितरण गर्दै आएको सो अवार्ड यसपटक बोर्डका पदाधिकारी रिक्त भएका कारण समयमै निर्णय हुन सकेको थिएन ।

प्रत्येक वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म निर्माण भएका नेपाली चलचित्र मूल्यांकन गरी वर्षभरको उत्कृष्ट चलचित्र, नायक,नायिका, निर्माता, छायांकन, गीत, लाइभटाइम अवार्डलगायतका विधामा पुरस्कार प्रदान गरिन्छ ।

पुरस्कार छनोट समितिको सिफारिसका आधारमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको प्रत्येक पुरस्कारका राशि रु एक लाख रहेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा बोर्डले यस किसिमको कार्यक्रम गर्दै आएको हो ।

बोर्डको पदाधिकारी छनोटका लागि दरखास्त आह्वान गरिएको अन्तिम म्याद यही भदौ २५ गते सकिएकाले पदाधिकारी छनोटका लागि गृहकार्य भइरहेको छ ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले समाज रुपान्तरणका लागि चलचित्र क्षेत्र सशक्त माध्यम भएको बताउँदै उक्त कार्यक्रम दशैँ अगाडि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले केही दिनमैै सही उम्मेदवार छनौट गरी नियुक्ति दिने जानकारी दिनुभयो ।

चलचित्र सेन्सर बोर्डका सदस्य प्रकाश सुवेदीले संस्कृति र कलाको विकासबाटै मुलुकको सभ्यताको पहिचान हुने भएकाले यस्ता राष्ट्रियस्तरका अवार्डलाई समयमै निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०७४ भदौ २६ सोमवार ०६:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र...

सत्य कथामा आधारित भनिएको  ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

सत्य कथामा आधारित भनिएको ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य...

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली...