BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    च्यामिपयन्स लिगको लागि मैदानमा फर्किए रोनाल्डो

    संसार न्यूज संवाददाताभाद्र २६, २०७४

    ronaldo1

    २६ भदौ, एजेन्सी । गत अक्टोबरमा स्पेनिश सुपर कपको दौरान रेफ्रीलाई दुव्र्यवहार गरेको कारण ५ खेलको लामो प्रतिबन्धको कारण लालिगाको सुरुआती चार गुमाएका रोनाल्डो च्याम्पियन्स लिगको लागि भने प्रशिक्षणमा फर्केका छन् । गत सिजनको विजेता रियलले च्याम्पियन्स लिगको पहिलो खेलमा साईप्रसको क्लब एपोईल सँग खेल्दै छ । उक्त खेलको लागि भने रोनाल्डो प्रतिबन्ध खेप्नु पर्दैन ।
    लालिगाको ३ खेल गुमाईसकेका रोनाल्डोले अझै लालिगा अन्र्तगतको एक खेल गुमाउनेछन् । तर चयाम्पियन्स लिगमा भने रोनाल्डोको आगमनले रियलको खेल सुध्रिने  अपेक्षा गरिएको छ ।
    रोनाल्डोको अनुपस्थीतीमा लालिगामा कमजोर प्रर्दशन गरेको रियलले च्यामिपयन्स लिगमा भने उनको आगमनले होसिएको छ ।  गत सिजन च्याम्पियनस लिगको ट्रफी डिफेन्ड गरेको रियलले पुन लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि हात पार्ने प्रयास सहित मैदानमा उत्रिने छ ।
    रियलले पर्सि बुधबार राति आफ्नै घरेलु मैदान सान्टिएगो बर्नेबाउमा एपोईलको सामना गर्दै छ ।

    २६५५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad