BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

    शेयर बजारमा सामान्य सुधार, ८४ करोड बराबरको कारोबार

    संसार न्यूज संवाददाताभाद्र २६, २०७४

    share

    २६ भदौ,  काठमाडौँ ।  साताको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन ३५ अंकले बढेको नेप्से आज हरियो हुँदा लगानीकर्तालाई केहि राहत मिलेको छ ।

    आज नेप्से सूचक ३६० अंकले बढेर १५२३.२६ को उचाईमा पुगेर बन्द भएको छ । आज कारोबारमा आएका १६० कम्पनीका १७ लाख १७ हजार १ सय ३९ कित्ता शेयर खरिद बिक्रिबाट ८४ करोड १३ लाख ३४ हजार ३ सय ८० रुपियाँको कारोबार भएको छ ।

    आज नबिल बैंकको सबै भन्दा धेरै १६ करोडको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल बैंक, कुमारी बैंक संस्थापक शेयर, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन् ।

    आज कारोबारमा आएका समूहगत सूचक मध्ये बैंकिंग, फाइनान्स र अन्य बाहेकका सबै समुहगत सूचक बढेका छन् ।

    ५७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad