BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

    पीडादायक  संकट  समाधानका लागि  राष्ट्रसंघलाई पोपको आग्रह

    संसार न्यूज संवाददाताभाद्र २७, २०७४

    pope-2२७ भदौ, अन बोर्ड द पापाल प्लान । पोप फ्रान्सिसले भेनेजुयलाको मरणासन्न आर्थिक, राजनीतिक तथा सामाजिक संकट समाधानका लागि सोमबार संयुक्त राष्ट्रसंघलाई आग्रह गर्नुभएको छ ।

    “मानवीयतासम्बन्धी समस्या अत्यन्त पीडादायक छ, त्यसबाट त्यहाँ धेरै जनता पीडित भएका छन्,” कोलम्बियाको पाँचदिने भ्रमण सकेर फर्किएपछि उहाँले पत्रकारहरूसँग सोमबार भन्नुभयो ।

    उहाँले थप्नुभयो, “यो मानवीयतासम्बन्धी समस्या हो, यसलाई तत्काल सम्बोधन गर्न आवश्यक छ, राष्ट्रसंघले यो आफै सुन्नेछ र सहयोग गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।”

    भेनेजुयलाको गम्भीर संकट अन्त्य गरी शान्ति स्थापनाका लागि धर्मगुरु फ्रान्सीसले आइतबार विशेष प्रार्थना आयोजना गर्नुभएको थियो । भेनेजुयलामा खाना र औषधिको अभावसमेत भएकाप्रति उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।

    गत अप्रिलदेखि शुरु भएको सरकारविरोधी प्रदर्शनका क्रममा जुलाईसम्ममा १२५ जनाको मृत्यु भएको छ ।

    दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलाका सभामुखले गरिब जनताका लागि खानालगायतका सहयोग पु¥याउने व्यवस्थाका लागि राष्ट्रपति निकोलस मदुरोलाई आग्रह गरिदिन पोपलाई अनुरोध गर्नुभएको थियो ।

    भेनेजुयलामा एक महिनासम्म भएको आन्दोलनका क्रममा सरकारी पक्ष र आन्दोलनकारी पक्षका बीचमा सहमति गराउन भ्याटिकनले मध्यस्थतासहितको प्रयास गरेको थियो ।

    “मलाई थाहा छैन मदुरोले के सोचिरहनु भएको छ, उहाँले अब के गर्न गइरहनु भएको छ मलाई थाहा छैन,” फ्रान्सिसले पत्रकारहरूसँग भन्नुभयो

    ३६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad