BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

    सर्वाधिक मत ल्याएर एनआरएनए आइसीसीमा विजयी भइन् शान्ति थापा

    संसार न्यूज संवाददाताभाद्र २७, २०७४

    shanti-thapaसेप्टेम्बर ९ का दिन सम्पन्न भएको एनआरएनए युकेको निर्वाचनमा शान्ति थापा कुँवरले सर्वाधिक मत ल्याएर आइसीसी सदस्यमा विजयी भएकी छन् ।
    थापाले १८०७ मत ल्याएर सर्वाधिक मत ल्याउने पदाधिकारीको नाममा आफ्नो नाम दर्ज गरेकी हुन् ।
    झण्डै २ दशक देखि युकेमा रहँदै आएकी थापा एनआरएनएमा १० वर्षदेखि सक्रिय रहँदै आएकी छन् । युकेमा रहेका विभिन्न सामाजिक संघ संस्थामा सक्रिय भूमिका निर्वाह गर्दै आएकी थापा समाजसेवामा पनि त्यत्तिकै सक्रिय रहने गरेकी छन् ।
    धेरै मत ल्याएर आइसीसीमा विजयी हुनु भएछ नी भन्ने संसारन्युजको प्रश्नमा थापा भन्छिन्, ‘मलाई यति धेरै विस्वास र माया गरेर मत दिनुहुने सम्पूर्णमा आभार व्यक्त गर्दछु । आफूमाथि अझ जिम्मेवारी थप भएको महसुस गरेको छु । गौरवान्तित भएको छु । संस्थाको हितमा अझ प्रतिबद्ध भएर लाग्नेछु ।’
    थापाले आफूलाई सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरेकी छन् । उनले भनेकी छन् ‘ एनआरएनए आइसीसी जस्तो गरिमामय पदमा सबैभन्दा बढी मत दिएर विजयी गराउनु हुने सम्पूर्णमा आभार व्यक्त गर्दछु ।’

    एनआरएनए युकेको अध्यक्षमा योगकुमार फगामी विजयी

    ११०५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad