BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

    बाढीपीडितको घर बनाउनका लागि नेपाली महिला समुह ओमानले गर्यो ३ लाख बढी सहयोग

    चित्र प्रसाद आचार्यभाद्र २७, २०७४

    mahila-samuha-oman
    ओमान । नेपाली महिला समूह ओमानले बाढीबाट प्रभावित भएको चितवन क्षेत्रका सुकुम्बासी परिवारलाई पुनस्र्थापनाको लागि गायक मिलन लामाले थालनी गरेको अभियान अन्तर्गत एक घर बनाईदिने भएको छ ।
    गायक मिलन लामाको सामाजिक अभियान लाई मन पराई नेपाली महिला समूह ओमानले एउटा घर बनाईदिने निर्णय गरेको थियो । समुहले गत २०१७ अगस्ट २५ मा बाढी पीडित परिवारको लागि राहतस्वरूप राजधानी मस्कटमा तिज विशेष सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेको थियो ।
    समुहभित्र छलफल गरि मिलन लामाको अभियानमा सहयोग गर्नको लागि सहमति भएकोले तीज कार्यक्रमबाट संकलन भएको रकम अनि पहिले समुहको कोषमा जम्मा भएको रकम पीडित परिवारको एउटा घर बनाउनको लागि पठाईएको संस्थाकी अध्यक्ष उमा ढुंगाना ले बताइन् ।

    receipt1
    समुहकी अध्यक्ष ढुंगानाका अनुसार उक्त घर निमार्णको लागि ओमानी रियाल १२०० अर्थात तीन लाख सत्र हजार छ सय अठासी नेपाली रुपैयाँ गत शनिबार सेन्चुरी रेमिट मार्फत नेपाल पठाईसकिएको छ ।
    सामाजिक कार्य गर्न अघि सरेका मिलनको यो अभियान लाई ओमान मा बस्ने नेपाली महिलाहरुले मन पराई सक्दो सहयोग गरेका छन् । मिलनले निर्माण गर्ने लक्ष्य राखेका ६ वटा घर मध्ये २ वटा घरको निर्माण कार्य सम्पन्न भैसकेकोे छ भने अन्य निमार्णधिन अवस्थामा रहेको जानकारी गराइएको छ ।

    ३१३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad