BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

    नेयमारको आगमनले हौँसिएको पिएसजी र च्याम्पियन्स लिग

    संसार न्यूज संवाददाताभाद्र २७, २०७४

    neymar

    २७ भदौ, एजेन्सी । च्याम्पियनस लिगको पहिलो खेलको लागि स्कटलयान्ड पुगेको युनाई एम्री नेतृत्वको पिएसजीको प्रमुख ध्यान भनेको गत सिजन क्याम्प नोउमा बेहोरेको अकल्पनीय पराजयलाई मलम लगाउदै जितको यात्रा सुरु गर्ने । त्यसको लागि फ्रेन्च क्यापिटल टोलीले पुरै तयारी गरेको छ ।

    चयाम्पियन्स लिग जित्नकै लागि नेयमार तथा एम्बेप्पेको किर्तिमानी आगमन होस या क्लब अध्यक्ष नसिर अल खेलाफीको आर्कषक प्रोजेक्ट सम्पुर्ण शक्ति च्यामिपयन्स लिगको उपाधि मै केन्द्रित छ ।
    वार्सिलोनाबाट दुई पटक सम्म च्याम्पियन्स लिगको उपाधि जितिसकेका नेयमारको आगमनले त क्लब निकै नै उत्साहित रहेको छ । नेयमारको आगमनले लामो समय देखि पर्खिराखेको चयाम्पियन्स लिगको उपाधि जित्ने अपेक्षा गरिएको छ । जसकारणले फ्रेन्च टोलीले आज राति सेल्टिकको घरेलु मैदान सेल्टिक पार्कमा हुने खेललाई निकै नै महत्व दिएको छ ।

    नेयमार, एम्बेप्पे, काभानी जस्ता घातक स्ट्राईकरहरुको साथले पिएसजीलाई अझै बलियो बनाएको छ । अझ नेयमारको आगमनले त पिएसजीलाई च्यामिपयन्स लिगको उपाधिको दरिलो प्रतिस्पर्धी को रुपमा उतारको छ ।

    ७३२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad