BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    पाकिस्तानको सडक दुर्घटनामा २१ जनाको मृत्यु, कैयौँ घाइते

    संसार न्यूज संवाददाताभाद्र २८, २०७४

    flag-pakistan२८ भदौ, इश्लामावाद (पाकिस्तान) । पाकिस्तानको उत्तरी तथा दक्षिणी भागमा मंगलबार भएको दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    राष्ट्रिय राजमार्ग विभागका प्रहरी प्रवक्ताका अनुसार पाकिस्तानको पञ्जाव प्रान्तअन्तर्गत राउलपिण्डी जिल्लामा भ्यान र ट्रेलर एक आपसमा जुधेपछि भ्यानमा आगलागी हुँदा १४ जनाको जलेर मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

    घटनास्थलमा तत्कालै अग्नी नियन्त्रण अधिकारीसहित वारुणयन्त्र पुगी आगो निभाएको थियो ।

    घाइते सबैलाई इश्लामावादस्थित पाकिस्तान ‘इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’मा उपचारका लागि भर्ना गरिएको अस्पतालले जनाएको छ ।

    दुर्घटनाग्रस्त भ्यान पञ्जावको झाङबाट रावलपिण्डीका लागि हिँडेको बताइएको छ । मृतकको अझै सनाखत हुन सकेको छैन ।

    त्यसैगरी काराँचीमा बिहान ७ः३० बजे भएकोे अर्को दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । भ्यान र ट्रक जुध्दा भएको उक्त घटनामा मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको बताइएको छ ।

    प्रारम्भिक छानबिनबाट दुवै घटना चालकको लापरबाहीबाट भएको प्रहरीले बताएको छ ।

    ४७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad