BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    पूर्वी सिरियामा हवाई आक्रमणबाट ६९ व्यक्तिको मृत्यु

    संसार न्यूज संवाददाताभाद्र २८, २०७४

    २८ भदौ, दमासकस (सिरिया) । सिरियाको पूर्वी प्रान्त देइर अल जोरमा आइतबार पछि गरिएका हवाई आक्रमणमा परी ६९ जनाको ज्यान गएको सिरियाली मानव अधिकारवादी संस्थाले मंगलबार बताएको छ ।

    विस्थापित सिरियालीहरू रहेको यूफारेट्स नदी र नदीको पूर्वी किनारामा जाँदै गरेका डुङ्गामाथि हवाइ आक्रमण भएको लण्डनस्थित सिरियन अव्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

    सिरियाली सेनाले देइर अलजोरको राजधानीलाई विद्रोहीको कब्जाबाट स्वतन्त्र गर्ने क्रममा घेरा तोड्न आक्रमण गरेको हो ।

    सिरियाली सेनाले शनिबार सरकारप्रति वफादार स्थानीय रहेको भूभागसँग विद्रोहीको आश्रयस्थललाई जोडेको थियो ।

    ६६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad