BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

    टर्कीद्वारा रसियाली क्षेप्यास्त्र खरिदका लागि सम्झौता

    संसार न्यूज संवाददाताभाद्र २८, २०७४

    २८ भदौ, इस्तानवुल (टर्की) । टर्कीले रसियासँग क्षेप्यास्त्र खरिदका लागि महत्वपूर्ण सम्झौता गरेको छ ।

    अंकाराकोे सैन्य फौजका निम्ति रसियाली एस ४०० नामक विमानहरूमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र किन्ने सम्झौतामा हस्ताक्षर गरेको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताउनुभयो । सम्झौतालाई विवादास्पद भनी संयुक्त राज्य अमेरिकालगायतका विश्वका कतिपय मुलुकले आलोचना गरेका छन् ।

    सम्झौताका लागि टर्कीले करिब साढे दुई अर्ब डलर रकम जम्मा गराइसकेको पनि राष्ट्रपति एर्दोगानले बताउनुभयो ।

    एस ४०० क्षेप्यास्त्र प्रणालीले ४०० किलोमिटर परसम्म उडिरहेका विमानमा निशाना लगाउन सक्ने र एकैसाथ दुई वटा क्षेप्यास्त्र प्रहार गर्दै असी वटा निशानामा एकैपटक हान्न सक्ने रसियाले बताएको छ ।

    पश्चिमा देशहरूको सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य राष्ट्रमध्ये टर्कीसँग दोस्रो ठूलो सैन्य फौज रहेको छ ।

    पछिल्लो समय टर्कीको अमेरिकासँग सम्बन्ध बिग्रिएपछि रसियासँग निकट बन्दै आएको छ ।

    ३८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad