BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

    मेगा बैंकका कर्मचारी अर्याल मृत फेला

    संसार न्यूज संवाददाताभाद्र २८, २०७४

    २८ भदौ, रसुवा  । मेगा बैंक स्याफ्रुबेँसीमा कार्यरत एक कर्मचारीको आज निधन भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार मृत्यु हुनेमा बैंक कर्मचारी अन्दाजी ३६ वर्षीय सुरभ अर्याल रहेका छन् । उनी आफ्नै डेरामा आज बिहान ११ः०० बजे मृत अवस्थामा फेला परेकाले शव परीक्षणका लागि जिल्ला अस्पताल धुन्चे ल्याइएको छ ।

    कामनपा वडा नं ३४ पुरानो बानेश्वर घर भएका अर्यालको मृत्युको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

    ६० पटक
    प्रतिकृया दिनुहोस्
    Ad