BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    मुक्केवाज सुशीलले नागरिकता पाए

    संसार न्यूज संवाददाताभाद्र २८, २०७४

    susil-thapa

    २८ भदौ काठमाडौँ । लामो समयदेखि नागरिकता नभएका कारण विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित राष्ट्रिय बक्सिङ खेलाडी सुशील थापाले आज नागरिकता पाएका छन् ।

    सुशीलका पिता शिव थापा मगर (स्वर्गीय) र आमा शान्तिको नागरिकता नभएका कारण २३ वर्षीय सुशीललाई नागरिकता पाउन समस्या भइरहेको थियो ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले काठमाडौ जिल्ला प्रशासन कार्यालयमा गई सनाखत गरिदिएपछि सुशीललाई नागरिकता पाउन सहज भएको हो ।

    काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सुशीललाई वंशज नागरिकता हस्तान्तरण गरेका थिए । सुशील पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ४९ केजी तौलसमूहका स्वर्ण पदक विजेता हुन् ।

    राखेप सदस्य–सचिव विष्टले देशको गौरव र सम्भावना बोकेको खेलाडीले नागरिकता पाउनु खुशीको कुरा भएको बताउँदै जिल्ला प्रशासन कार्यालयले खेलाडीलाई न्याय गरेको बताउनुभयो ।

    सुशीलले नागरिकताकै कारण पासपोर्ट नबनेपछि चार अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउँदा आफू निराश हुनुपरेको स्मरण गर्दै नागरिकता पाएपछि आफूले जिन्दगीकै स्वर्ण पदक जितेको महशुस गरेको प्रतिक्रिया दिनुभयो । रासस

    ७४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad