BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    चीनमा तलिम आँधीबाट दुई लाख विस्थापित

    संसार न्यूज संवाददाताभाद्र २८, २०७४

    फुजोउ/हाङजोग (चीन ) २८ भदौ । तलिम नामक आँधीका कारण चीनको फुजीआन र जेजिआङ प्रान्तबाट २ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

    यस क्षेत्रमा आएका यो १८ औँ आँधी भएको बताइएको छ । सो आँधी चीनको दक्षिणपूर्वी तटीय क्षेत्रतर्फ गइरहेको बताइएको छ ।

    चीनको प्रान्तीय मौसम विज्ञान विभागका अनुसार तलिम १८० देखि २ सय किलोमिटर प्रति घण्टाको दरले आगामी दुई दिनसम्म आउने अनुमान गरिएको छ ।

    चीनको राष्ट्रिय मौसम निरीक्षणको बुधबार गरेको घोषणा अनुसार उत्तरपश्चिमतर्फ सरेको यस आँधीले जेजीआङमा बिहीबार रातिबाट शुक्रबार बिहानसम्म भूस्खलनको सम्भावना रहेको छ ।

    अर्थात जेजिआङको जल क्षेत्रतर्फ लाग्ने र त्यसपछि उत्तर पूर्वतर्फ लाग्ने बताइएको छ । यस आँधीका कारण १ लाख २० हजार व्यक्ति सुरक्षित स्थानतर्फ लगिएको र त्यसैगरी २० हजारलाई फुवीआनको शरणार्थी स्थलका लागि लगिएको छ । रासस÷सिन्ह्वा

    ९१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad