BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या ९८ पुग्यो

    संसार न्यूज संवाददाताभाद्र २८, २०७४

    २८ भदौ, मेक्सिको सिटी (मेक्सिको) । मेक्सिकोमा गत सेप्टेम्बर ७ मा गएको ८.२ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९८ पुगेको कृषिमन्त्री जोसे क्याल्जादले मंगलबार जानकारी दिनुभएको छ ।

    मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा गत बिहीवार गएको शक्तिशाली भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरूको उद्धार कार्य जारी रहेको छ ।

    अधिकारीहरूले दिएको जानकरीअनुसार मंगलबारसम्म ९८ जनाको मृत्यु भएको छ ।

    भूकम्पमा परी २ सयभन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले जनाएका छन् । यस भूकम्पबाट प्रभावित लाखाँै व्यक्तिलाई विद्यालयलगायतका शरणार्थी स्थलमा राखिएको छ ।

    सन् २०१५ को सेप्टेम्बरयता विश्वमा गएका मध्येको सबैभन्दा शक्तिशाली भूकम्पको धक्का एक मिनेटसम्म महशुस गरिएको थियो ।

    यहाँको इतिहासमा यो सबैभन्दा शक्तिशाली भूकम्प भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जानकारी दिएको छ । रासस/सिन्ह्वा

    ५८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad