BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

    विदेशी लगानीकर्ताको आकर्षण साना उद्योगमा

    संसार न्यूज संवाददाताभाद्र २९, २०७४

    २९ भदौ, काठमाडौं । नेपालमा लगानी गर्ने अधिकांश विदेशी लगानीकर्ताको आकर्षणमा साना उद्योगमा रहेको पाईएको छ । उद्योग विभाग मार्फत नेपालमा भित्रने प्रत्यक्ष विदेशी लगानी (एमडीआइ) का परियोजना मध्य यस्ता उद्योगको दर्ता बढ्दै गएको तथ्यांकले देखाएको छ ।
    सरकारले उद्योगको बर्गीकरण गदै ठुला, मझौला र सानाका रुपमा छुट्याएको छ । जसमध्य लागानीकर्ताको सबैभन्दा धेरै आकर्षण साना उद्योगमा देखिएको छ । गत आवमा विदेशी लगानीमा दर्ता भएका कुल ३ सय ९५ उद्योगमध्य ३ सय ७० साना खालका मात्रै छन । सानो लगानीमा थोरै जनशक्ति र साना ठाँउबाटै व्यवसाय गर्न सकिने भएकाले लगानीकर्ताहरु यस्ता उद्योगमा आकर्षित भएका छन ।
    विभागका अनुसार ठुला ९ र मझौला १६ का संख्यामा मात्रै दर्ता भएका छन । तुलनात्मक रुपमा ठुला उद्योगभन्दा कम जोखिम हुने हुँदा लगानीकर्ताहरु साना तथा मझौला उद्योग तर्फ केन्द्रित भएको उद्योग विभागका महानिर्देशक शंकर आर्यल बताउँछन । ‘‘यद्योगको प्रकृतिअनुसार ठूला उद्योगमा लगानीको रकम ठूलो रहेपनि दर्ता संख्याका आधार साना तथा मझौला उद्योग धेरै छन , ’’उनले भने । अनजको कारोबार दैनिकबाट

    ३९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad