BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    धरौटी वृद्धिको विरोधमा वैदेशिक रोजगार व्यवसायी

    संसार न्यूज संवाददाताभाद्र २९, २०७४

    २९ भदौ, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी (म्यानपावर एजेन्सी) ले वैदेशिक रोजगार एनको मस्यौदामा व्यवसायीले धरोटी वापतको रकम एक करोड रुपैयाँ पुर्याउने प्रस्थावको विरोध गरेका छन । विभागले प्रस्तावित एन अनुसार अहिलेको सात लाख धरौटी र २३ लाख बैंक ग्यारान्टी राख्ने व्यवस्थालाई संशोधन गरेर एक करोड रुपैयाँ पुर्याउने तयारी भएको भन्दै व्यवसायी विरोधमा उत्रिएका हुन् ।
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बुधबार देखि म्यानपावरको धरौटी रकम २०६४ को ऐनमा व्यवस्था भए अनुरुप यथावत हुनुपर्ने माग गदै आन्दोलन गरीरहेका छन ।
    सङ्घका अध्यक्ष रोहन गुरुङले यसअघि नै श्रम तथा रोजगार मन्त्रालय, विभाग, सङघ, ट्रेड युनियन सम्मिलीत कार्यदलले ऐन संशोधन मस्यौदा तयार गरी पेश भएको मस्यौदा विपरित एक करोड रुपैयाँ धरौटी पुर्याएको र यो आफूहरुका लागि कुनै हालतमा मान्य नहुने बताउनु भयो । उहाँले अहिले आफुहरु शान्तिपूर्ण आन्दोलनमा रहेको र यो प्रस्ताव नसच्चिएमा व्यवसाय नै बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिनुभयो । विभागले एकातिर वैदेशिक रोजगार व्यवसयी धेरै भए घटाउनुपर्छ भन्ने अर्कोतिर नयाँलाई धमाधम स्वीकृति दिने गरेर दोहोरो चरित्र देखाएको आरोप वनि लगाउनुभयो । आजको गोरखापत्र दैनिकबाट

    ५७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad