BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

    आर्यघाटमै बसेर आँखाको नानी संकलन

    संसार न्यूज संवाददाताभाद्र २९, २०७४

    २९ भदौं, काठमाडौं । ‘आँखा बैंक’ ले आँखाको नानी संकलन कार्यलाई पशुपति आर्यघाट केन्द्रित गरेको छ । मृत्युपछि आँखाको नानी व्यक्तिमा प्रत्यारोपण सफल बनाउन बैंकले पशुपति आर्यघाट र विद्युतीय शवदाहगृहसम्म आफ्नो कार्यक्रम पुर्याएको हो । आँखादान गर्नेको संख्या आधा लाखभन्दा बढी भए पनि सो संख्याअनुसार नानी प्राप्त गर्न नसकेपछि नेपाल आँखा अस्पतालद्वारा सञ्चालित बैंकले संकलन कार्यलाई आर्यघाट केन्द्रित गरेको जनाएको छ ।
    मृत्युपछि गरिने अंग दानभित्र आँखा पनि पर्दछ । आँखाको नानीमा फुलो परी हुने अन्धोपनालाई हटाउन आँखाको नानी प्रत्यारोपण गरिने तिलगंगा आँखा बैंकका प्रबन्धक शौरवनारायण त्वयनाले बताए । उनका अनुसार नेपालमा प्रतिसय व्यक्तिमा एकजना दृष्टिविहीन रहेका छन् । ‘आँखाको नानीमा फुलो परेको अवस्थामा कुनै किसिमको औषधि छैन । यसको एक मात्र विकल्प भनेको आँखाको नानीलाई फेर्नु हो । जसले गर्दा अन्धो व्यक्तिले आँखा देख्न सक्छ,’ उनले भने । ३१ भदौ ०५१ बाट आँखाको नानी प्रत्यारोपण सुरु गरिएको थियो । ‘सुरुवाती दिनमा कसैले आँखाको नानी दिँदैनथे’ त्वयनाले भने, ‘हामीले मृत्युपछि दान गर्न सक्ने भएकाले नानी संकलन कार्यलाई पशुपति आर्यघाट र विद्युतीय शवदाहगृहसम्म पुु¥याएका हौँ ।’ आजको नयाँपत्रिका दैनिकबाट

    ४१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad